असोज २६, २०८०
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
काठमाडाैं | साउन ३१, २०८०
अर्कै व्यक्तिको नाममा अवैध बैंक खाता खोली कमिसन असुल्दै आएको आरोपमा रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गाउँपालिकाबाट आव २०७७।०७८ मा सम्पन्न विभिन्न आयोजनाको भुक्तानी दिँदा कमिसनबापत १३ लाख ४५ हजार लिएको अभियोगमा सोही बराबर बिगो कायम गरी बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनका छोरा पवनकुमार अर्याललाई समेत १३ लाख ४५ हजार, मर्चवारी- ३ का वडाध्यक्ष नारायणबहादुर यादवविरुद्ध ५ लाख, वडा सचिव गुलाव यादवविरुद्ध २ लाख, गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध ३ लाख ६० हजार तथा समृद्ध नेपाल इनर्जीका प्रोपाइटर विनोदबाबु तिवारीविरुद्ध ८५ हजार एवं मानसरोवर ट्रेनिङ इन्स्टिच्युटका प्रोपाइटर अमरिश यादवविरुद्ध २ लाख रुपैयाँ बिगो कायम गरी आरोप पत्र दायर गरिएको छ ।
सौर्य उर्जा प्रविधि जडान कार्य, वडा नम्बर ३, ६ र ७ मा गरिएका विभिन्न विकास निर्माणका कार्य तथा सिलाइ कटाइसहितका सीपमूलक तालिम कार्यक्रमको भुक्तानीका क्रममा कमिसन लिएको पाइएको अख्तियारले जनाएको छ ।
त्यसका लागि उनीहरूले असम्बन्धित व्यक्तिका नाममा खाता खोलेर रकम असुल्दै आएको भनी प्रधानमन्त्री कार्यालयमा उजुरीसहितको निवेदन आएको थियो ।
उक्त उजुरीका सम्बन्धमा राष्ट्रिय शतर्कता केन्द्रले छानबिन गरी फाइलसहित अख्तियारमा पठाएको थियो ।
हेर्नुहोस्, विज्ञप्ति :
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राह...
५८ सह-सचिव सरुवाको सूची भित्रभित्रै गायब भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा नआई गायब भएको हो । मन्त्रालयले कात्तिक १६ गते ५८ जना सहसचिव...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...