×

Dabur

लौरो टेकेर बयानका लागि सीआईबी पुगेका चन्द्रदेव जोशीले भने– म फरार छैन

काठमाडाैं | भदौ ४, २०८०

NTC
Premier Steels
Marvel

नेकपा (संयुक्त)का ८२ वर्षीय नेता चन्द्रदेव जोशी सोमवार बयानका लागि भन्दै महाराजगञ्जस्थित नेपाल प्रहरीको सीआईबी कार्यालय महाराजगञ्ज पुगेका थिए । लौरो टेकेर बयानका लागि गएका उनलाई सीआईबीले बयान नै नलिइ फर्काएको पाइएको छ । 

yONNEX
Sagarmatha Cement

यसको जानकारी जोशी आफैँले सामाजिक सञ्जालमार्फत् गरेका छन् । आफू बयानका लागि जाँदा सीआईबीले दुईपटक फर्काएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पहिलोपटक सीआईबी प्रमुख आफैँले बयानका लागि भनेर बोलाउनु भयो । तर, फेरि अहिले नआउनु भनि खबर आयो । आज फेरि बोलाएबमोजिम सवा १ बजे सीआईबी कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरि बोलाउँला भनी फर्काइयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।


Advertisment

पूर्वमन्त्री जोशीले भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा आफ्नो सहयोग हुने बताउँदै आफू फरार नभएको जानकारी दिएका छन् ।

Vianet communication
Laxmi Bank

‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँयन,’ उनले लेखेका छन् । 

आफू फरार भएको भन्ने हल्ला आएको प्रतिवाद गर्दै जोशीले स्पष्टीकरण दिएका हुन् ।

जोशी विसं २०६८ मा डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमि सुधारमन्त्री थिए । यसैकारण उनको नाम बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएको छ । 

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x