×

व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न हर्क साम्पाङलाई उच्च अदालतको अन्तरिम आदेश

विराटनगर | भदौ ८, २०८०

फाइल फोटो

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न अन्तरिम आदेश गरेको छ ।​

प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश गरेर उनले बिरुवा रोपेका थिए । केही दिन अगाडि मात्रै उनले जग्गामा नपस्न भनेपछि घर भत्काइदिने धम्कीसमेत उनले दिएका थिए । ​


Advertisment

बिहीवार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो ।


Advertisment

बिरुवा रोपेपछि अधिकारी दम्पती अदालतमा पुगेका थिए । साउन ६ गते  धरान ४ को  छोटी मोरङ डाँडामा अधिकारी दम्पतीको जग्गामा मेयर साम्पाङसहितको टोलीले सरकारी जग्गा भएको भन्दै जबरजस्ती बिरुवा रोपेका थिए ।

त्यहाँ मेयर र दम्पतीको भनाभनसमेत भएको थियो । त्यसपछि उनीहरू उच्च अदालत विराटनगरमा गएका थिए ।

उनीहरू धरानका प्याराग्लाइडिङ व्यवसायीसमेत हुन् । उडान स्थलमै बिरुवा रोपेर असर पारेको भन्दै अधिकारी परिवारले मुद्दा दर्ता गराएका थिए ।

साउन ११ गते उच्च अदालत, विराटनगरले अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा बिरुवा नरोप्न अन्तरिम आदेश दिएको थियो । तर गत सोमवार मेयर साम्पाङले जमिनमा प्रवेश गर्न खोजेपछि अधिकारी दम्पतीले रोक्ने प्रयास गरेका थिए ।

उनले घर भत्काइदिने धम्कीसमेत दिएका थिए । मेयर साम्पाङले दुर्व्यवहार गरेको भन्दै प्रहरीलाई फोनमार्फत जाहेरी दिएका थिए । तर प्रहरीले लिखित उजुरी नआएसम्म केही गर्न नसकिने बताउँदै आएको छ ।

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x