×

Dabur

ललितानिवास प्रकरणमा बहालवाला कर्मचारी प्रतिवादी

सचिव राउतमाथिको अभियोग– कीर्ते प्रमाण जुटाइदिने प्रपञ्चमा संलग्न भएको देखियो

काठमाडाैं | भदौ १०, २०८०

NTC
नेपाल सरकारका सचिव राउत (बायाँ) र सहसचिव वैद्य
Premier Steels
Marvel

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल सरकारका बहालवाला सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी बनाएको छ ।

yONNEX
Sagarmatha Cement

सचिव राउतमाथि सरकारी जग्गा व्यक्तिको नाममा लैजान कीर्ते प्रमाण जुटाइदिने प्रपञ्चमा संलग्न रहेको भएको अभियोग लगाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा राउतलाई प्रतिवादी बनाई १० करोड ५१ लाख बिगो दाबी गरिएको छ ।


Advertisment

२०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयको शाखा अधिकृत रहेको समयमा उनले ललितानिवास सम्बन्धी फाइलको टिप्पणी उठाएका थिए । 

Vianet communication
Laxmi Bank

शाखा अधिकृतको रूपमा टिप्पणी उठाएका राउतलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएर मन्त्रालयको काम गरिरहेका छन् । 

‘...सरकारको हक मेटाई हानी पुर्‍याउने गलत नियतले फरक व्यहोराको टिप्पणी स्वीकृत गराई मन्त्रालयको तर्फबाट मन्त्रिपरिषद्मा निर्णयार्थ प्रस्ताव लगेकोमा सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले सरकारी अभिलेखसँग भिडाई उक्त जग्गा सरकारी हो वा मोही कायम भएको जग्गा हो भन्ने यकिन गरी मिल्ने भए मात्र ऐन, नियम र विनियमका आधारमा टिप्पणी स्वीकृत गरी पेश गर्नुपर्नेमा प्राप्त कागजातलाई मात्र आधार लिई, विश्वास गरी अन्तिम तथ्य मानी सरकारी जग्गा व्यक्तिको नाममा लैजान अधारभूत प्रमाण (कीर्ते प्रमाण) जुटाउने प्रपञ्च र योजनामा संलग्न भएको देखिएको ...’ अभियोग पत्रमा उल्लेख छ ।

सचिव राउतमाथि ‘सरकारी जग्गा व्यक्ति विशेषको नाममा मोही कायम गरेको देखिएकाले साविकको मुलुकी ऐन कीर्ते कागज महलको १ नं. र २ नं. मा परिभाषित कसुर गरेको देखिन आयो,’ सरकारी वकिलले दायर गरेको मुद्दामा उल्लेख छ ।

सहसचिव सुशील वैद्यलाई पनि ‘सरकारी अभिलेखसँग बाझिने गरी तथा अभिलेखविपरीतका व्यहोरा उल्लेख गरी सरकारी स्वामित्वको जग्गा व्यक्तिलाई मोही कायम गरी गुठीको नाममा दर्ता गरी व्यक्तिलाई लाभ पुर्‍याउने तथा सरकारको हक मेटाइ हानी पुर्‍याउने गलत नियतले कीर्ते कार्यमा संलग्न रहेको’ अभियोग लगाइएको छ ।​

सीआईबीले कीर्तेमा मुद्दा चलाउन सिफारिस गरेपछि दाङको सीडीओ रहेका वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ । वैद्यविरुद्ध १ करोड ८ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 

सरकारी वकिलको कार्यालयले २ सय ९० जनालाई प्रतिवादी बनाइ आइतवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

हेर्नुहोस्, सचिव राउतमाथिको अभियोग :

null

null

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २९, २०८०

जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x