×

Dabur

निर्देशन अवज्ञा गरेको आरोप

सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई क्यानले गर्‍यो १० हजार जरिवाना

काठमाडाैं | भदौ ११, २०८०

NTC
Premier Steels
Marvel

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । 

yONNEX
Sagarmatha Cement

सिम्रिक एयर प्रालिका अध्यक्ष थापाले प्राधिकरणले नेपालको हवाई आकाशलाई सुरक्षित बनाउन गरेका आदेश तथा निर्देशनको कार्यान्वयनमा पटकपटक अवरोध सिर्जना गरी कानूनविपरीतको कार्य गरेको भन्दै जरिवाना गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले गर्दै आएको काम र गर्न लागेको काममा बाधा पुर्याएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।  


Advertisment

थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यादेशको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा नीतिविरुद्धमा अभिव्यक्ति दिएर सर्वसाधारणमा सन्देह उत्पन्न गराएको प्राधिकरणले जनाएको छ । यस क्रममा थापाले अडिटलाई प्रभाव पार्ने र प्राधिकरणको कानूनी प्राधिकार कार्यान्वयनमा समेत अवरोध गरेको क्यानले जनाएको छ ।

Vianet communication
Laxmi Bank

थापाले वायु सेवा सञ्चालक संघ नेपालको लेटरप्याड दुरुपयोग गरेर बन्द हड्तालमा निषेध गरेको हवाई सेवा बन्द गर्ने धम्की दिइ सबै वायुसेवा कम्पनीलाई प्राधिकरणका विरुद्धमा उतारी निर्णय कार्यान्वयमा अवरोध गरेको पनि क्यानले जनाएको छ ।
आइसिएओले नेपालको उडान सुरक्षा निगरानीको क्षमता सम्परीक्षण गर्ने उद्देश्यले उस्को विश्वव्यापी सेफ्टी अडिट (युएसओएपी) कार्यक्रमऋनतर्गत सारा नेपाली उड्डयन क्षेत्र अडिटको काममा व्यस्त भएको अवधिमा थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यदेशको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा गई भ्रम सिर्जना गरेको पनि क्यानले जनाएको छ । प्राधिकरणले गरिरहेको काम कारबाहीमा सन्देह उत्पन्न गराएर अडिटलाई प्रभाव पार्ने नकरात्मक सन्देश दिने कार्य गरी प्राधिकरणको कानुनी प्राधिकार कार्यान्वयनमा थापाले अवरोध गरेको क्यानको भनाइ छ । 

विभिन्न विमानस्थलमा प्राधिकरणमा तिर्न–बुझाउन बाँकी रहेको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको उद्दारबाहेक अन्य उडानमा प्रतिबन्ध लगाइएको थियो । तर थापाले सिम्रिक एयर प्रालिको पत्रमार्फत प्राधिकरणलाई सात दिने चेतावनी दिएको र यसको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दिएर प्राधिकरणलाई दबाबमा राख्ने र कारबाहीलाई प्रभाव पार्न खोजेपछि कारबाही गरेको क्यानको भनाइ छ । पटक–पटक हवाई सुरक्षा निर्देशनको अवज्ञा गरेको, स्पष्टीकरण सोध्दा समयभित्र जवाफ नदिएको र प्राधिकरणले गर्न लागेको काममा बाधा पुर्‍याएको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको क्यानले स्पष्ट पारेको छ ।
 ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको उडान सुरक्षा निगरानीको क्षमता सम्परीक्षण गर्ने उद्देश्यले उसको विश्वव्यापी सेफ्टी अडिट कार्यक्रम अन्तर्गत १३ देखि २५ अप्रिल २०२२ मा सारा नेपाली उड्डयन क्षेत्र अडिटको काममा व्यस्त भएको अवधिमा थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यदेशको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा गएर प्राधिकरणको संस्थागत उड्डयन नीतिको विरुद्धमा अभिव्यक्ति दिई सर्वसाधारण नागरिकमा प्राधिकरणले गरिरहेको काम कारबाहीमा संन्देह उत्पन्न गराएर अडिटलाई प्रभाव पार्ने नकरात्मक सन्देश दिने कार्य गरी प्राधिकरणको कानुनी प्राधिकार कार्यान्वयनमा अवरोध गरेका,’ क्यानले थापालाई गराएको जरिवाना पत्रमा भनिएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक १७, २०८०

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भए...

कात्तिक २३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राह...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x