असोज १९, २०८०
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
मोरङको बेलबारी नगरपालिका १० को सिर्जना सामुदायिक वनका अध्यक्ष छत्र लिम्बू धरौटीमा छुटेका छन् । वनको १८ लाख १ हजार ७३५ रुपैयाँ अनियमित गरेको पुष्टि गर्दै डिभिजन वन कार्यालय मोरङले मुद्दा दर्ता गरेको थियो । लिम्बूलाई मोरङ अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजालाशले बुधवार ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । उनी नेपाली कांग्रेस बेलबारीको नगर सभापतिसमेत हुन् ।
वनका निवर्तमान अध्यक्षसमेत रहेका लिम्बूले ८ सय ८८.६५ क्यु फिट काठ अनियमितता गरेको अनुसन्धानबाट ठहर भएपछि सब–डिभिजन वन कार्यालय, बेलबारीले मोरङ अदालतमा साउन २१ गते अभियोग दर्ता गरेको थियो । उक्त काठको १८ लाख १ हजार ७३५ रुपैयाँ मूल्य हुने अनुसन्धानमा खटिएका अधिकृतहरूले बताएका छन् ।
सब डिभिजन वन कार्यालय, बेलबारीका सहायक वन अधिकृत दिनेशकुमार मिश्रले अनुसन्धान पूरा गरेपछि तयार पारेको अभियोगपत्रअनुसार लिम्बूले साल र अन्य विभिन्न प्रजातिका काठ बिक्री वितरण गरी रकम अनियमितता गरेको ठहर गरेको छ । वन ऐन २०७६ को दफा ४९(द) बमोजिमको कार्य कसुर गरेकोले लिम्बूविरुद्ध ऐनको दफा ५० को उपदफा (१३) बमोजिम वन समितिमा रही हिनामिना गरेको १८ लाख १ हजार ७३५ बिगो असुल गरी ६ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजायको माग दाबी गरिएको थियो ।
अवैध तरिकाले साल तथा अन्य जातको काठ बिक्री वितरण तथा आर्थिक अनियमितताको मुद्दामा मोरङ अदालतमा अभियोग दर्ता भएको थियो ।
लिम्बूले वनको काठ अनियमितता गरेको उजुरी डिभिजन वन कार्यालय मोरङमा परेपछि अनुसन्धान अधिकृत सहायक वन अधिकृत मिश्रलाई तोकेको थियो । मोरङ अदालतबाट १४ असारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
पक्राउ पुर्जी जारी गरेको सूचना डिभिजन वन कार्यालयले चुहावट गरेपछि लिम्बू फरार भए । अधिकृत मिश्रले अनुसन्धान पूरा गरेपछि अदालतमा अभियोग दर्ता गरेको २४ दिनपछि लिम्बु सुटुक्क अदालतमा हाजिर भएका हुन् ।
अदालतले तोकेको धरौटी रकम बुझाएपछि उनी रिहा भएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
२०७९ साउनमा अध्यक्ष लिम्बूले वनको घाट गद्धीमा रहेको काठ आफूखुसी उपभोक्ताहरूलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यत्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको अनुसन्धानबाट खुलेको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
लिम्बूले प्रतिक्युफिट ३ हजारसम्म काठ बिक्री गरेका थिए । अध्यक्ष लिम्बूले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउद्दीन मियाँको नेतृत्वको समितिले छानबिन गरेको थियो । छानबिनका क्रममा अध्यक्ष लिम्बूले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अन्यमितता गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राह...
५८ सह-सचिव सरुवाको सूची भित्रभित्रै गायब भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा नआई गायब भएको हो । मन्त्रालयले कात्तिक १६ गते ५८ जना सहसचिव...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भए...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका प्रदेश सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित ३...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...