×

Dabur

मदन गुप्ताको सबैभन्दा ठूलो मुद्दाको सुनुवाइ

छ वटा भ्रष्टाचार मुद्दा खेपेका नासु : मालपोतको जागिरका भरमा झण्डै २३ करोड 'अकुत' आर्जन

काठमाडाैं | भदौ १५, २०८०

NTC
Premier Steels
Marvel

१४ करोड ८१ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोतका नायब सुब्बा मदन गुप्ताविरुद्ध दायर मुद्दाको सुनुवाइ नसकिएपछि विशेष अदालतले शुक्रवार पनि हेर्दाहेर्दैमा राखेको छ ।

yONNEX
Sagarmatha Cement

उनीविरुद्ध दर्ता भएका ६ वटा मुद्दामध्ये यो एक हो । सबै मुद्दाको कुल बिगो रकम झण्डै २३ करोड छ । २०७६ जेठमा २ करोड ५० लाख, ४ करोड ५८ लाख र बिगो दाबी नगरिएको अर्को एकसहित ३ वटा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०७६ मंसिर २ गते ७७ लाख ८६ हजार र १० गते १४ करोड ८१ लाख बिगो कायम गरी छुट्टाछुट्टै मुद्दा दायर भएको थियो । त्यसपछि २०७९ असोज ७ गते १२ लाख ३७ हजार बिगो दाबी गरी अर्को मुद्दा दायर भएको थियो ।


Advertisment

शुरूमा दायर भएका प्राय: मुद्दामा ठहर तथा आंशिक ठहर भएकोमा अहिले सबैभन्दा ठूलो मुद्दाको सुनुवाइ भइरहेको हो ।

Vianet communication
Laxmi Bank

तत्कालीन अवस्थामा मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत रहेका नासु गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित २०७६ मंसिर १० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

गुप्ताले आफूले कमाएको सम्पत्ति श्रीमती रिता देवी, छोराहरू विक्की गुप्ता र रकी गुप्ताको नाममा लुकाएको आरोपमा उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । त्यसैगरी उनले आर्जन गरेका सम्पत्तिहरू आफन्तका नाममा पनि लगानी गरेको अभियोगपत्रमा उल्लेख छ ।

सोही मुद्दामा उनका आफन्तहरू कविता कुमारी, निरज कुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुलीप्रसाद र जगतनारायण यादवको नाउँमा समेत लगानी गरेकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।

२०४७ साल असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार बनेका गुप्ता २०६४ सालमा नासुमा बढुवा भएका थिए । उनी मालपोत कार्यालय सिमराको निमित्त प्रमुख भएका बेला मुद्दा दायर गरिएको थियो ।

नायव सुब्बाको पदमा बढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारीमा कार्यरत गुप्ताको सार्वजनिक सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अख्तियारले अनुसन्धान गरेको थियो ।

उक्त जाँच अवधिभित्र कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेका उनले तलब र अन्य वैध आयबाट ४ करोड ५४ लाख रुपैयाँ मात्रै आर्जन गरेको अख्तियारको दाबी छ ।

अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरूबाट गुप्ताले आफू तथा आफ्नो परिवारका सदस्यहरू लगायत अन्य व्यक्ति समेतका नाममा दर्ता कायम रहने गरी घर, जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकमा खर्च गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

गुप्ताले परिवारका सदस्यहरूका नाममा घर खरिद तथा निर्माणमा ४ करोड ८ लाख  ५१ हजार रुपैयाँ, परिवारका सदस्यहरूका नाममा जग्गा खरिदमा ९० लाख १४ हजार १ सय रुपैयाँ, बैंक तथा वित्तीय संस्थाबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा ३ करोड २७ लाख ४५ हजार १२ रुपैयाँ खर्च गरेको अभियोगपत्रमा उल्लेख छ ।

त्यसैगरी गुप्ताले पुँजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २६० रुपैयाँ, सवारी साधन खरिदमा २७ लाख ६२ हजार ५ सय रुपैयाँ, पार्वती स्टेशनरी, गायत्री निशान अटो कर्प प्रालि, नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायमा ७१ लाख रुपैयाँ लगानी गरेको तथा ४३ लाख रुपैयाँ सापटी दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

पारिवारिक लालनपालन लगायतका अतिरिक्त खर्च, शैक्षिक खर्च, सुन चाँदी खरिद, विद्युतीय उपकरण, छोरा विक्की गुप्ताको विवाह लगायतमा ६१ लाख रुपैयाँ खर्च गरेका थिए ।

त्यसैगरी गुप्ताले परिवारका सदस्य बाहेकका अन्य व्यक्तिहरू कविता कुमारी, राजेशकुमार गुप्ता, इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरूमा ५ करोड २७ लाख ८९ हजार ५ सय रुपैयाँ लगानी गरेको अख्तियारको दाबी छ ।

परिवारको सदस्यबाहेकका अन्य व्यक्ति निरजकुमार गुप्ताको नाममा सवारी साधन जीप खरिदमा ४० लाख रुपैयाँ, परिवारको सदस्य बाहेकका व्यक्ति राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प) मा ४० लाख रुपैयाँ लगानी गरेको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

नासु गुप्ता र संलग्न अन्य समेतका नाममा सञ्चालित विभिन्न बैंक खाताहरूमा २ करोड ८५ लाख २८ हजार ८९२ रुपैयाँ मौज्दात रहेको अभियोगपत्रमा उल्लेख छ ।

यसरी कुल १९ करोड ३६ लाख ६१ हजार १६९ रुपैयाँ खर्च तथा लगानी गरेको तुलनामा ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँ मात्र वैध आय रहेको अख्तियारको दाबी छ ।

१४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले नासु गुप्ता, उनका परिवारका सदस्य तथा बाहिरका सदस्यहरू समेत गरी ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

सोही मुद्दा आज विशेष अदालतका अध्यक्ष  न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासमा सुनुवाइ भइरहेको छ । हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा अन्तिम सुनुवाइमा राखिएको हो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x