×

सुन तस्करी प्रकरण

कपिलवस्तुबाट पक्राउ परेका खरेल भारत सुन तस्करी गर्ने व्यवस्थापक, नेपालमा अन्यसँग पनि देखियो कनेक्सन

काठमाडाैं | भदौ १९, २०८०

६० केजी सुन प्रकरणमा केन्दी्रय अनुसन्धान ब्युरो (सीर्आईबी)ले सोमवार कपिलबस्तुबाट सुमन खरेललाई पक्राउ गरेको छ । 

सीर्आईबीले उनलाई ६०.७१६ केजी सुन प्रकरणबाट नेपालबाट भारत पुर्याउने काममा गर्ने गरेको देखिएपछि पक्राउ गरेको हो । 


Advertisment

‘उनी (सुमन) भारतमा नेपालबाट सुन पुर्याउने मुख्य भूमिकामा देखिएका छन्,’ सीआईबी स्रोतले लोकान्तरसँग भन्यो, ‘उनको नेपालमा अन्य विभिन्न व्यक्तिसँग सम्पर्क देखिएको छ ।’ सीआईबीले भैरहवा एरपोर्ट हुँदै काठमाडौं ल्याएर आज (मंगलवार) थप अनुसन्धान गर्दैछ । उनले हङकङहुँदै नेपालबाट भारत पुर्याउने व्यवस्थापको भूमिका देखिएको छ ।


Advertisment

एनले बाहिरबाट आउने सुनलाई सीमा नाका कटाएर भारतीय एजेन्टसम्म पुर्याउने गरेको खुलेको हो । सीआईबीले उनीमाथी अनुसन्धान गरेपछि नेपालमा अरु को–को व्यक्ति जोडिएका छन् ? भन्ने कुरा खुल्ने सीआबीईको दाबी छ । 

सुनको भुक्तानी भरियाले यूएसडीटीबाट साहुलाई बुझाउँछन् 

हङ्कङ वा अन्य देशबाट नेपालहुँदै भारतमा जाने सुनको भुक्तानी तल्लोतहका तस्करहरूले गर्ने गरेको देखिएको छ । सुनमा लगानी गरेका साहुहरूलाई भरियाहरुले सम्बन्धित ठाउँमा पुर्याएपछि त्यहाँबाट क्रिफ्टो करेन्सीमार्फत भुक्तानी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ ।

सीआईबीका अधिकारीहरुका अनुसार ६०.७१६ केजी सुन प्रकरणलगायत यसभन्दाअघि भएका सुन तस्करीमा चीनमा रहेका मुख्य लगानीकर्तालाई तल्लोतहका तस्करहरुले नै भुक्तानी  दिने गरेका छन् । ‘साहुलाई सिधै तलका तस्करहरूले भुक्तानी दिने गरेको पाइएको छ । त्यो पनि ३४ अक्षरको क्रिफ्टो एकाउन्ट नम्बरमार्फत हुन्छ,’ सीआईबी स्रोतले लोकान्तरसँग भन्यो ।

अहिले विश्वमा २२ हजार ४९० प्रकारका क्रिफ्टो करेन्सी छन् । त्यसमा पनि स्टेबल क्रिफ्टोमार्फत् मात्रै सुनको भुक्तानी हुने गरेको प्रहरीको तथ्यले फेला पारेको छ । नेपालबाट हुने तस्करीमा घटबड नहुने क्रिफ्टो यूएसडीटीमार्फत् हुने गरेको छ । 

यसबाट सुनमात्रै नभएर इलेक्ट्रोनिक डिभाइस तथा सामानहरूको भुक्तानी पनि यसैमार्फत हुने गरेको देखिएको प्रहरीले जनाएको छ । 
 

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x