×

Dabur
MG

गाउँका सिंहदरबारमा भ्रष्टाचार

भ्रष्टाचारको 'इपिसेन्टर' बने स्थानीय तह : सप्तरीका १८ मध्ये ४ पालिका प्रमुख निलम्बित

काठमाडाैं | भदौ २१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

मधेश प्रदेशस्थित सप्तरी जिल्लाका १८ पालिकामध्ये ४ वटा पालिकाका प्रमुखहरूले एकसाथ भ्रष्टाचार मुद्दा खेपिरहेका छन् ।

yONNEX
Sagarmatha Cement

राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले जरिवाना नै गरिसकेको छ ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह, शम्भुनाथ नगरपालिकाका मेयर जीतेन्द्रप्रसाद गुप्ता र विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरू निलम्बित अवस्थामा छन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

निलम्बनमा परेकामध्ये विष्णुपुर गाउँपालिकाका अध्यक्ष गुप्ता नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने बाँकी ३ जना जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका हुन् ।

Vianet communication
Laxmi Bank

राजविराजका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर

राजविराज नगरपालिकाका मेयर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् । विशेष अदालतले २०८० भदौ १ गते भ्रष्टाचार मुद्दामा आंशिक ठहर गर्दै मेयर यादवलाई २ लाख ६३ हजार ४६८ रुपैयाँ जरिवाना गरेको हो ।

यादव २०७४ र २०८० सालको स्थानीय तह निर्वाचनमा लगातार मेयर पदमा निर्वाचित भएका थिए । मेयर पदमा निर्वाचित हुनुअघि उनी ठेकेदार थिए । न्यू गाहिल कन्स्ट्रक्सन प्रालिका नामबाट उनले ठेक्का लिने गर्थे । सोही क्रममा आर्थिक वर्ष २०७३/०७४ मा राजविराज रंगशाला स्तरोन्नति कार्यका लागि लिएको ठेक्कामा फिल्डमा भएको कामभन्दा बढी भुक्तानी लिएको कसूरमा दोस्रोपटक निर्वाचित भएपछि उनी दोषी ठहर भएका हुन् ।

जिल्ला खेलकुद विकास समिति सप्तरीले आर्थिक वर्ष २०७३/०७४ मा रंगशाला स्तरोन्नति कार्यका लागि न्यू गाहिल कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । यादवले लिएको उक्त ठेक्कामा फिल्डमा कम काम भए पनि बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गराई कार्य सम्पन्न भएको भन्दै २ लाख ६३ हजार ४६८  रुपैयाँ बढी रकम भुक्तानी लिएका थिए ।

सोही मुद्दामा उनलाई विशेष अदालतले जरिवाना गरेको हो ।

अख्तियारले २०७९ असार २९ गते उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गर्दा यादव नगर प्रमुख भइसकेका थिए ।

निलम्बित रहेकै अवस्थामा उनी दोस्रोपटकको स्थानीय निर्वाचनमा पुनः निर्वाचित भए । मुद्दा पहिलेदेखि नै विचाराधीन अवस्थामा रहेका कारण मेयर यादव दोस्रोपटक निर्वाचित भए पनि पदभार ग्रहण गर्न भने पाएनन् । दोस्रोपटक मेयर बन्दा पनि झन्डै १ वर्ष निलम्बित अवस्थामै रहेका यादवलाई गत भदौ १ गते विशेष अदालतले दोषी ठहर गर्दै जरिवाना गरेको हो ।

बोदेबर्साइन नगरपालिका प्रमुख सिंहविरुद्ध १४ लाख ७१ हजार भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० भदौ १३ गते बोदेबर्साइन नगरपालिका प्रमुख आतेशकुमार सिंहले १४ लाख ७१ हजार ९२१ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि विनियोजित बजेटमा अनियमितता भएपछि अख्तियारले मुद्दा दर्ता गरेको हो ।

उक्त परियोजनाका लागि नगरपालिकाले माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरी नगरपालिकाको वडा नम्बर ६ फूलकाहीमा कार्यक्रम सञ्चालन गरेको थियो ।

नगरपालिकाले उक्त समूहसँग सम्झौता गरी कार्यादेश पनि दिएको थियो । तर, काम नै नभए पनि मेयर आफैंले योजनाको स्थिति राम्रो रहेको भनी गलत स्थलगत अनुगमन प्रतिवेदन पेश गरे ।

नगर प्रमुख सिंह, वडा नम्बर ४ का तत्कालीन वडाध्यक्ष रामानन्द चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले झूटो स्थलगत अनुगमन गरी योजनाको अवस्था राम्रो रहेको भनी गलत प्रतिवेदन पेश गरेको आधारमा उक्त समूहको खातामा १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी गरिएको थियो ।

उक्त कार्यक्रमका लागि नगरपालिकाले नगरपालिकाका पशु विकास अधिकृत (अधिकृत छैटौं) अर्जुनप्रसाद यादवलाई कार्यक्रम संयोजकको जिम्मेवारी तोकेको थियो ।

यादवले नै लागत अनुमान तयार गरी कृषक समूहसँग सम्झौता गरेका  थिए । साथै उनले झूटो बिल भरपाई बनाई पेश गरेका थिए ।

काम नभएको थाहा हुँदाहुँदै राम्रो काम भएको भनी स्थलगत अनुगमन प्रतिवेदन पेश गरेर जगदम्बा कृषक समूहको खातामा १४ लाख ७१ हजार ९२१ रुपैयाँ भुक्तानी भएको थियो ।

अख्तियारले उक्त मुद्दामा नगरप्रमुख सिंह, तत्कालीन वडाध्यक्ष चौधरी, तत्कालीन नगर कार्यपालिका सदस्य भगत, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनश्याम यादव, लेखापाल सरोजकुमार मण्डल, पशु विकास अधिकृत यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह, कोषाध्यक्ष निलम कुमारी शर्मासहित आठजनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको हो । मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

१ लाख ४० हजार घुस लिएको मुद्दामा शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता निलम्बित

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जीतेन्द्रप्रसाद गुप्ता सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस लिएको मुद्दामा अहिले निलम्बित छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ फागुन १७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बित अवस्थामा रहेका हुन् ।

विद्यालयको सभाहल निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नगरपालिकाका इन्जिनीयर रामचन्द्र साहलाई २०७९ माघ ३ गते अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार अनुसन्धानको सिलसिलामा नगर प्रमुख गुप्ता र इन्जिनियर साहबीचको आपसी योजना तथा मिलेमतोमा उक्त सेवाग्राहीसँग घुस रकम लिएको पाइएपछि गुप्ता र साह दुवैजनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

५ लाख घुस लिएको आरोपमा विष्णुपुर गाउँपालिका अध्यक्ष यादव निलम्बित

५ लाख रुपैयाँ घुस रकम लिएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादव २०८० भदौ १९ गतेदेखि निलम्बित छन् । भदौ १९ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी निलम्बित भएका हुन् ।

२०८० साउन ३१ गते अख्तियारको टोलीले सेवाग्राहीबाट २ लाख नगद र ३ लाखको चेक लिइसकेको अवस्थामा उक्त गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई पक्राउ गरेको थियो ।

सोलार बत्ती जडानलगायत आयोजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारको अभियोगपत्रमा छ ।

अनुसन्धानको सिलसिलामा ती दुवैजनाले गाउँपालिका अध्यक्ष यादव समेतको आपसी मिलेमतोमा उक्त रकम लिएको पाइएपछि अध्यक्ष यादवसहित तीनैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख साह भन्छन्- सप्तरीका स्थानीय तह भ्रष्टाचारको'इपिसेन्टर'नै बने

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह सप्तरीका स्थानीय तह भ्रष्टाचारको 'इपिसेन्टर' नै बनेको बताउँछन् ।

'अहिले चारवटा पालिका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि त्यो कुरा झन् सतहमा आइपुगेको छ,' साहले लोकान्तरसँग भने, 'अख्तियारले चारवटा पालिका प्रमुखविरुद्ध मात्र मुद्दा दायर गरेको छ, जबकि १८ वटै पालिकामा भ्रष्टाचार व्याप्त छ ।'

कमिसन नलिई कामै नगर्ने, कम काम भए पनि बढी काम भएको भनी भुक्तानी गर्नेसहितका विकृति हरेक पालिकामा बढेको उनले बताए । अख्तियारले स्टिङ अपरेसन गर्न लग्दा पालिका प्रमुखदेखि कर्मचारीहरू सतर्क भएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ९, २०८०

शुरूमा प्रहरी जवानदेखि अतिरिक्त महानिरीक्षकसम्म १०७ जनाको दरबन्दी रहेको राष्ट्रिय सतर्कता प्रहरी १४ जनामा सीमित भएको छ । राष्ट्रिय सतर्कता केन्द्रमा अहिले प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि नायब महानिरीक्षक (डीआई...

असोज २, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन (करार) दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत भदौ ६ गते १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध ...

भदौ ३१, २०८०

२९ जना जिल्ला न्यायाधीशका लागि भनेर लिइएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएपछि धेरैको ध्यान यसतर्फ केन्द्रित भएको छ । २११ जना सम्मिलित परीक्षामा एक जनामात्र अन्तर्वार्ताका लागि छनोट भएको न्याय सेवा आयोगले...

भदौ ३१, २०८०

न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएका छन् । आयोगले पारसमणि पोखरेललाई मात्र अन्तर्वार्ताका लागि सिफारिश गरेको हो । आयोगले २०८० साउन १६ देखि २० गत...

असोज ७, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पालिकाको वडा नम्बर ८ कचोर्वास्थित जनता माध्या...

भदौ ३१, २०८०

६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x