×

Dabur

कोशीमा सत्ताको किचलो

कोशीको रोमाञ्चक समीकरणमा निर्णायक बन्ने तयारीमा नेकपा एस र राप्रपा !

काठमाडाैं | भदौ २३, २०८०

NTC
Premier Steels
Marvel

कोशी सरकार बन्ने र भत्किने कचिंगल बढदै जाँदा निर्णायक रहेका दुई दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एउटा टुंगोमा पुग्ने मनस्थितिमा देखिएका छन् । 

yONNEX
Sagarmatha Cement

९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदका आवश्यकता पर्छ । तर अहिलेको दुईवटै गठबन्धनले ४७ पुर्याउन नसक्ने रोमाञ्चक समीकरण बन्दै आएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैले सरकार बन्ने र भत्किने क्रम निरन्तर चल्दै आएपछि निर्णायक बन्न सक्ने ६ सिटको राप्रपा र ४ सिटको नेकपा एसका अध्यक्षले शनिबार एकै दिन अप्ठ्यारोमा आफूहरूले निर्णायक मत दिने बताएका हुन् । 


Advertisment

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सकेसम्म दुई ठूला दल कांग्रेस र एमालेले कोशीको सरकार मिलेर जोगाउनुपर्ने प्रतिक्रिया दिएका छन् । शनिवार विराटनगर विमानस्थलमा लिङ्देनले यस्तो नभए राप्रपा निर्णायक बन्ने आशय व्यक्त गरेका हुन् । 

Vianet communication
Laxmi Bank

‘हामी कुनै पक्षमा नलागिदिँदा प्रदेशसभा नै विघटन हुने परिस्थिति देखा पर्न थालेको छ । तर यो कुन बेला भन्दा कांग्रेस र एमाले नमिलेको अवस्थामा मात्रै हामी कतै लागिदिएहुन्थ्यो भन्ने हो,’ लिङ्देनले भने, ‘तर अहिलेको उपयुक्त व्यवस्थाका संस्थापक कांग्रेस र एमाले मिलिदिए हुन्थ्यो र प्रदेशसभालाई जोगाए राम्रो हुन्थ्यो भन्नै नै हो । अझै एक महिना बाँकी छ । अर्को धारा पनि बाँकी छ । मेरो शुभकामना छ कांग्रेस र एमाले मिलुन् ।’ 

अहिले राप्रपा एमालेतिर भए पनि विघटनको संघारमा बहुमत पुग्ने पक्षतिर खुल्ने संकेत लिङदेनले गरेका हुन् । केही दिनअघिमात्रै कोशीमा निकास दिनका लागि संसदीय समितिको एउटा सभापति राप्रपालाई दिन माओवादी तयार भएको थियो । 

कोशीमा राप्रपालाई सभामुख र मन्त्रीमा सम्माजनक हिस्सा दिन कांग्रेस र माओवादी तयार रहेको बताइन्छ । यहीबेला लिङ्देनले पनि विघटनमा पुर्याउनु​भन्दा निकास दिन निर्णायक बन्ने बताएका हुन् । 

कांग्रेस र एमालेको लडाइँंमा केन्द्रमा ३२ सिटको माओवादीले सरकारको नेतृत्व गरेजस्तै राप्रपाले पनि कोशीमा मुख्यमन्त्रीमा बार्गेनिङ गर्ने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । किनकि, मध्यावधिमा जानुभन्दा राप्रपालाई मुख्यमन्त्री दिँदा कांग्रेस र माओवादीले प्रदेशसभा जोगाउन सक्ने विकल्प छ । तर यहाँसम्म पुग्न नदिइ राप्रपालाई मनाउने तयारीमा कांग्रेस र माओवादी छन् । राप्रपा नमाने कांग्रेस, एमालेसहितका दल मिल्ने र मध्यावधिमा जान नदिने अर्को अन्तिम विकल्प पनि छ । कांग्रेसका उद्धव थापाले त एमालेसँग मिल्न सकिने बताइसकेका छन् । एमालेले पनि आवश्यक पर्दा कांग्रेससँग मिल्ने विषयलाई नकारेको छैन ।

null 

बहुमत पुर्याउन पनि एकपछि अर्को संविधान विपरीतका कदम चाल्न थालेपछि सर्वोच्च अदालतले ठूलो दलको रुपमा एमालेलाई सरकार गठनको लागि तत्काल अवसर दिएको छ । तर अहिलेको समीकरणमा एमालेका हिक्मत कार्कीले समेत एक महिनामा बहुमत जुटाउन सक्ने देखिँदैन । 

कारण, एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ गरी ४६ मात्रै सांसद पुग्छन् । बहुमतका लागि दुई सिट पुग्दैन । किनकि सभामुख खाली हुँदा उपसभामुख एमालेबाटै छिन् । यस्तोमा जसपाको एक सिटले पनि पनि पुग्ने छैन । यस्तोमा कांग्रेसको २९, माओवादीको १३ वा नेकपा एसको ४ र नेकपा एसको १ मध्येबाट भोट क्रस भए वा आएमात्रै कार्कीले बहुमत जुटाउन सक्ने देखिन्छ । त्यसमा अझ राप्रपाको ६ थपिएमा ५३ हुन्छ ।

लिङ्देनकै जस्तो अभिव्यक्ति अर्को दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दिएका छन् । नेपालले मिलेर सरकारमा जाने र निर्वाचन मुख्य दुई विकल्प रहेको भन्दै शनिवार सधैं प्रदेशलाई जटिलतामा राख्न नहुने बताएका हुन् ।

‘कोशीमा पटकपटक कतिवटा सरकार बनिसक्यो ? मुख्यमन्त्री बन्ने र फेरि क्रम निरन्तर चलिरहेको छ । अब यस्तो कहिलेसम्म चल्ने हो त्यो पनि थाहा छैन । किन यस्तो भइरहको छ ? यसको कारण निर्वाचन प्रणाली हो,’ शनिवार पार्टी निकट ट्रेड युनियनले गरेको कार्यक्रममा नेपालले भने, ‘सरकारमा विश्वासको मत लिन मत बराबर हुँदा यस्तो भइरहेको छ । अब सधैं यस्तो जटिलतामा बसेर हुँदैन । कि मिले जानुपर्छ कि निर्वाचनमा जाने हो ।’

कार्कीलाई विश्वासको मत प्राप्त गर्न अर्को गठबन्धनकै मत आवश्यक पर्ने देखिन्छ । मिलेर सरकार बनाउने अभिव्यक्ति नेपालले दिए पनि उनको दललाई एमाले मुख्यमन्त्रीलाई विश्वासको मत दिन नैतिक संकट छ । गठनबन्धनको निर्णयविना नेपालको नेकपा एसले कार्कीलाई भोट दिँदा केन्द्रीय समीकरण पनि बदलिन सक्ने जोखिम रहन्छ ।

तर राप्रपालाई मनाउन नसक्दा मध्यावधिमा जान दिनुभन्दा सहमतिमा नेकपा एसलाई कोशी सरकारमा पठाउने विकल्प पनि कांग्रेस र माओवादीसामु छ । तर यो सहजभन्दा पनि अन्तिम बाध्यात्मक विकल्प हो । नेपालको अभिव्यक्तिमा यो विकल्प झल्किन्छ । 

के हुँदैआएको छ कोशीमा ?

केन्द्रीय समीकरण बदलिदएपछि कोशीमा हिक्मत कार्कीको मुख्यमन्त्री पद धरापका परेको थियो । तर उनले बहुमत गुमाएपछि मुख्यमन्त्रीमा खडा भएका कांग्रेसका उद्धव थापाले पनि बहुमत शिद्ध गर्न नसकेका हुन् । बहुमत पुर्याउन माओवादीबाट सभामुख भएका बाबुराम गौतमले राजीनामा दिएका थिए ।

तर एमालेले पनि उपसभामुखले बैठक चलाउँदा कांग्रेस, माओवादी, नेकपा एस र जसपा मिलेर ४७ सिट पुग्ने अवस्थालाई टार्ने नीति लियो । मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन एमाले उपसभामुख काठमाडौं आइन् । उनी काठमाडौं आएपछि संसद बैठक ज्येष्ठ सदस्यले चलाउनुपर्ने थियो । तर यो सूचीमा एमालेका ७ र राप्रपाका दुई सांसद थिए ।

null 

उनीहरूमध्ये जोसुकैले पनि बैठक चलाउँदा बहुमत पुग्ने अवस्था थियो । तर एमाले र राप्रपाका ९ सांसद विशेष घरायसी कारण देखाएर थापाले विश्वासको मत लिने दिन अनुपस्थित भए । यसैले यी ९ सांसदपछिका ज्येष्ठ सदस्य कांग्रेस इस्राइल मन्सुरीले बैठक सञ्चालन पनि गर्ने र निर्णायक भोट दिएर थापालाई ४७ सिट पुर्याइदिए । तर सर्वोच्चले सभाध्यक्ष र भोट हाल्ने गरी एउटै भूमिका निभाउन नसक्ने भन्दै विश्वासको मतलाई बदर गरिदियो । 

विकल्पमा फेरि ठूलो दलका रुपमा एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खोलिदियो । अब उनले एक महिनामा विश्वासको मत लिनुपर्छ । तर कोशीमा कार्कीले एक महिनामा विश्वासको मत प्राप्त गर्न सक्ने देखिँदैन । यस्तोमा फेरि संसद्मा बहुमत दाबी पुग्ने गरी कुनै सांसदले मुख्यमन्त्रीका दाबी गर्न सक्छन् । 

बरु कार्कीले पनि विश्वासको मत नपाएपछि राप्रपालाई सहमतिमा लिएर सरकार बनाउनुपर्छ भन्ने मत कांग्रेस र माओवादीमा रहेको बताइन्छ । यो बेला मध्यावधिमा जान कांग्रेस, एमाले र माओवादीजस्ता दल तयार छैनन् ।  

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ३, २०८०

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै चाड–पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्ताको धरोहर भएको बताएका छन् । छठ पर्वका अवसरमा आयतबार शुभकामना व्यक्त गर्दै उनले चा...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संवैधानिक अधिकार प्रदेशलाई दिनुपर्ने बताएका छन् ।​ न्यू सृष्टि दैनिकका प्रधान सम्पादक शङ्कर खरेलद्वारा लिखित ॐ तृप्यन्ताम् लघुकथा सङ्ग्रहको शनिवार विमोचन गर्दै ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x