×

Dabur
MG

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडाैं | भदौ २५, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर नियुक्ति लिएका एक जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले नुवाकोटको विदुर नगरपालिका-१३ स्थित कन्यादेवी आधारभूत विद्यालयका शिक्षक मञ्जुकुमारी थापा (ओझा)विरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

yONNEX
Sagarmatha Cement

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार थापाले विद्यालयमा पेश गरेका शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरी परेको थियो । अनुसन्धानको क्रममा थापाले भारतबाट एसएलसी उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी प्रावि तृतीय क्षेणीमा अस्थायी शिक्षक नियुक्ति भई लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

थापाले मिति २०५५ मंसिरमा कन्या देवी निमाविमा प्रा.वि. तहको अस्थायी शिक्षक दरबन्दीमा नियुक्ति हुन भारतको बिहारबाट मध्यमा तहको परीक्षा उतीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।


Advertisment
Kumari
Saurya island
Pardeshi

साथै उनले सोही अस्थाई शिक्षकको सेवा अवधिको निरन्तरतामा स्थायी पदमासमेत नियुक्त भई लाभ र सुविधा लिएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसूरमा सजायको मागदाबी गर्दै आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

Vianet communication
Laxmi Bank

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा कुनै पनि व्यक्तिले सरकारी सेवा सुविधा पाउने उद्देश्यले झुटा विवरण पेश गरेको पाइएमा असूरअनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० देखि २० हजारसम्म जरिवाना हुने व्यवस्था छ । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ढुङ्गा, गिटी, ग्राभेल, रो...

भदौ ३१, २०८०

६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । आइतवार दायर गरिएको मुद्दामा २९ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका जिल्ला न्...

असोज २, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली नियुक्ति पत्र बनाई नपाएको ओहदा पाएको भनी भ्रष्टाचार गरेको आरोपमा ...

असोज ९, २०८०

शुरूमा प्रहरी जवानदेखि अतिरिक्त महानिरीक्षकसम्म १०७ जनाको दरबन्दी रहेको राष्ट्रिय सतर्कता प्रहरी १४ जनामा सीमित भएको छ । राष्ट्रिय सतर्कता केन्द्रमा अहिले प्रहरी नायब उपरीक्षक (डीएसपी)देखि नायब महानिरीक्षक (डीआई...

असोज ८, २०८०

पूर्वमन्त्री रामकुमार श्रेष्ठ गैरकानूनी सम्पत्तिआर्जन मुद्दामा दोषी ठहर भएका छन् । हेर्दाहेर्दैमा रहेको उक्त मुद्दामा विशेष अदालतले सोमवार फैसला गरेको हो । यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले श्रेष्ठलाई ...

भदौ ३१, २०८०

२९ जना जिल्ला न्यायाधीशका लागि भनेर लिइएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएपछि धेरैको ध्यान यसतर्फ केन्द्रित भएको छ । २११ जना सम्मिलित परीक्षामा एक जनामात्र अन्तर्वार्ताका लागि छनोट भएको न्याय सेवा आयोगले...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x