असोज ८, २०८०
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो । जापानसित पराजित भएसँगै नेपाल समूह...
श्रीलंकाविरुद्ध फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
झिनो ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो । झिनो रनको लक्ष्य पछ्याउँदा १० विकेटले विजयी भयो । एसिया कपमा यो भारतको आठौं उपाधिसमेत हो ।
भारतलाई १० विकेटले जिताउने क्रममा ओपनर शुभमन गिलले २७ र इशान किशानले २३ रनको योगदान दिए ।
मोहम्मद शिराजले ६ विकेट लिएपछि भारतले ५१ रनको झिनो लक्ष्य प्राप्त गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले सनसनीपूर्ण ६ विकेट लिए ।
पहिलो ओभरमै जसप्रित बुमराहले विकेट लिएपछि शिराजले चौथो ओभरमा श्रीलंकालाई चार विकेट लिएर ध्वस्त पारेका हुन् ।
उनले एकै ओभरमा श्रीलंकाको चार विकेट लिएपछि श्रीलंका धर्मरायो ।
५.४ ओभरमा ५ विकेट पूरा गरेका शिराजले ११.२ ओभरमा व्यक्तिगत छैटौं विकेट लिए ।
७ ओभरमा १ मेडन राख्दै २१ रन दिएर शिराजले फाइनलमा ६ विकेट आफ्नो नाममा लेखाएका हुन् ।
हार्दिक पाण्ड्याले पनि २.३ ओभरमा ३ रन दिएर ३ विकेट लिए ।
भारतीय बलरसामु शुरूदेखि नै धर्मराएको श्रीलंका अन्ततः १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले बनाएको १७ र दुशान हेमन्थले नटआउट बनाएको १३ रन नै उच्च दोहोरो अंकको रन बन्न पुग्यो ।
श्रीलंकाका ५ खेलाडीले कुनै रन बटुल्न सकेनन् । ५० रन बनाउँदा श्रीलंकाले ५ वटा मात्रै चौका प्रहार गर्यो ।
यो भारतको ८ औं एसिया कपको उपाधि हो ।
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ । आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो । जापानसित पराजित भएसँगै नेपाल समूह...
एसियाली खेलकुद प्रतियोगितामा नेपाल पदकविहीन रहेको छ । हालसम्म प्रतिस्पर्धा गरेका नेपाली खेलाडीको फितलो प्रदर्शन देखिएको छ । चीनको हाङझावमा जारी खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा ...
भारतले दोस्रो ओडीआई खेलमा पनि अष्ट्रेलियालाई पराजित गरेको छ । गएराति भएको खेलमा सानदार ब्याटिङ गरेको भारतले अष्ट्रेलियालाई ९९ रनले पराजित गरेको हो । जीतसँगै तीन ओडीआई खेलको सिरिज भारतले जितेको छ । ३१७...
१९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित पदाधिकारीहरूले आइतबार टोलीको बिदाइ गरेका हुन् । बिदाइ समारोहमा क्यान अध्यक्ष चतुरबहादुर चन्द...
१९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ सवा ५ बजे शुरू हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । ...
आयोजक राष्ट्र चीनले एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ । महिला डुङ्गा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो । ‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङल...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...