असोज ८, २०८०
म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गा...
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ अभियानको समयावधि थप गरिएको छ ।
खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको उनले बताए ।
गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते तीजको बिदा परेकाले किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उनको भनाइ छ । उनका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएका छन् ।
सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन एचपीभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।
मन्त्रालयले सबै किशोरीका अभिभावकलाई खोप लगाउन खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।
शाखाका प्रमुख डा गौतमले महिलाका पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन खोप दिइएको बताए । सरकारले गत भदौ २७ गतेबाट कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपीभी खोप उपलब्ध रहेको छ ।
खोप पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा दिइने छ । एचपीभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने जनाइएको छ ।
म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गा...
चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्व...
बारामा नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रबाट हत्या गरिएको अवस्थामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव भेटिएको छ । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा धारिलो हतियार प्...
सङ्घीय संसद्का सभामुख देवराज घिमिरेले राजनीतिक दलबीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको बताएका छन् । झापाको बिर्तामोडस्थित निजी सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्ल...
मोटरसाइकल चोरीमा संलग्न एक जनालाई सोमबार काठमाडौँको कमलपोखरीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको निजगढ नगरपालिका १ का ३४ वर्षीय धन बहादुर वाइवालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । ...
पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ६ महिना कैद र ९८ लाख २९ हजार ५३७ रुपैयाँ जरिवाना गरेको छ । विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार बिगो बमोजिमको सम्पत्...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...