असोज ६, २०८०
एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् । उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेश...
काठमाडाैं | असोज २, २०८०
क्यानडामा एक सिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर भारत र क्यानडाबीच विवाद चर्किँदै गएको छ । विवाद बढ्दै गएपछि दुवै देशले एक-अर्काका कूटनीतिज्ञलाई निष्कासन गरेका छन् ।
भारत सरकारले क्यानडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ । क्यानडाले हरदीप सिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो ।
यसअघि क्यानडाले भारतीय डिप्लोम्याटलाई निष्कासन गरेको थियो ।
भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ । नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ ।
गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानेडाली सिख अभियानकर्ताको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नता आरोप लगाएका छन् । क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा "विश्वसनीय" सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए।
'क्यानडाली भूमिमा क्यानडाली नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लंघन हो,' उनले भनेका छन् । उनले यस विषयको गहिराइमा पुग्न भारत सरकारलाई सहकार्य गर्न आग्रह समेत गरेका छन् ।
भारतले भने क्यानडाको आरोप तथ्यहीन र नियोजित भन्दै अस्वीकार गरेको छ । 'हामीले क्यानडाका प्रधानमन्त्रीले संसद्मा राखेको भनाइ र त्यहाँका विदेशमन्त्रीको वक्तव्य हेरेका छौँ र अस्वीकार गरेका छौँ । क्यानडामा हुने कुनै पनि हिंसामा भारत सरकारको संलग्नताको आरोप तथ्यहीन र प्रेरित छ,' भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन् । भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ ।
एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् । उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेश...
नागोर्नो–काराबाख पेन्सनर स्वेतलाना इसाखान्यान हरियो चप्पल लगाएर र पासपोर्टसहितको एउटा सानो झोला मात्र हातमा बोकेर शरणार्थीका रूपमा आर्मेनियामा प्रवेश गरेकी छन् । अजरबैजानले यसै हप्ता पृथकतावादी क्षेत्रव...
संयुक्त राज्य अमेरिकालाई उछिन्दै ब्राजिल विश्वको सबैभन्दा ठूलो कपास निर्यातकर्ता बन्ने निश्चित भएको ब्राजिलका एक कपास उद्योगी बताएका छन् । अमेरिकी उत्पादन गर्ने मुख्य क्षेत्र टेक्सास खडेरी र गर्मीको चपेटामा प...
हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ । सम्मेलनमा ३० भन्दा बढी देशका...
चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ र...
न्युयोर्क– ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाका सन्दर्भमा बिहीवार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्का...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...