असोज ८, २०८०
दाङको तुलसीपुरबाट छुटेको बस रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर २ ओइलाङमा सोमवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका ...
काठमाडाैं | असोज २, २०८०
भदौ ३१ गते उच्च अदालतमा नियुक्त भएका २७ जना न्यायाधीशको पदस्थापन गरिएको छ । ती न्यायाधीशहरूको न्यायपरिषद्ले विभिन्न स्थानमा पदस्थापन गरेको हो ।
वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा सचिव रहेका श्यामकुमार भट्टराईलाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ । स्याङ्गजा जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीलाई उच्च अदालत जनकपुरको राजविराज इजलाशमा पदस्थापन गरिएको छ ।
यस्तै तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा पदस्थापन गरिएको छ । यसैगरी धनसिंह महरालाई उच्च अदालत पोखरा, ब्रजेश प्याकुरेललाई उच्च अदालत पाटन, ऋषिराम निरौलालाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा पदस्थापन गरिएको छ ।
यस्तै चन्द्रमणि ज्ञवालीलाई उच्च अदालत पाटन, राजुकुमार खतिवडालाई उच्च अदालत पोखरा, योगेन्द्रप्रसाद साहलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा पदस्थापन गरिएको छ ।
यसैगरी खडानन्द तिवारीलाई पनि उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाश, कविप्रसाद न्यौपानेलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाश र प्रकाश खरेललाई उच्च अदालत पाटनमा पदस्थापन गरिएको छ ।
त्यस्तै कृष्णराम कोइरालालाई उच्च अदालत पाटन, स्वीकृति पराजुलीलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलाश, काजीबहादुर राईलाई उच्च अदालत सुर्खेत र रितेन्द्र थापालाई उच्च अदालत विराटनगरमा पदस्थापन गरिएको छ ।
साथै मोहनराज भट्टराईलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाश, अर्जुन अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलाश तथा विनोदकुमार पोखरेललाई उच्च अदालत जनकपुरमा पदस्थापन गरिएको छ ।
त्यसैगरी नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटन, सुशील कोइरालालाई उच्च अदालत विराटनगरको धनकुटा इजलाश, अचुतमकुमार आचार्यलाई उच्च अदालत तुलसीपुर र गोविन्द जोशीलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलाशमा पदस्थापन गरिएको छ ।
यस्तै पुण्यशिला दवाडी घिमिरेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलाश, पूर्णप्रसाद राजबंशीलाई उच्च अदालत जनकपुरको राजविराज इजलाश, यज्ञबहादुर रानामगरलाई उच्च अदालत पोखराको बागलुङ इजलाश तथा अर्जुन महर्जनलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशमा पदस्थापन गरिएको छ ।
हेरौँ सूचीः
दाङको तुलसीपुरबाट छुटेको बस रोल्पामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । रा १ ख ३००६ नम्बरको बस रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर २ ओइलाङमा सोमवार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका ...
आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । हाल गण्डकी प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती र गण्...
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मान्छेको नामै किटेर उच्च अदालत पाटनले कांग्रेस केन्द्रीय कार्यालयलाई पत्र काटेको भन्दै शिक्षकलाई पार्टी राजनीतिको ढोका बन्द गर्नुपर्ने बताएका छन् । ‘शिक्षक र पा...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक विभिन्न ११ वटा नि...
नेपाली कांग्रेसले आगामी महासमिति बैठकका लागि चारवटा समिति गठन गरेको छ । अगामी मंसिरमा हुने बैठकका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूलआयोजक समितिसहितका अन्य विभिन्न समिति गठनको निर्णय गर...
इन्द्रजात्राको अवसरमा असोज ११ गतेदेखि काठमाडौंका विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको छ । काठमाडौँ महानगरले आज एक सूचना जारी गर्दै सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको पर्वका कारण विभिन्न ठाउँम...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...