×

Dabur
MG

केन्द्रीय समिति बैठकअघि सभापति देउवासँग गम्भीर संवाद गर्ने शेखर समूहको निर्णय

काठमाडाैं | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी र सरकार प्रभावकारी रुपले नचलेको भन्दै सभापति शेरबहादुर देउवासँग गम्भीर संवाद गर्ने निर्णय गरेको छ ।​

yONNEX
Sagarmatha Cement

बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा बसेको समूहको बैठकले पार्टी र सरकारको काम सन्तोषजनक नभएकोले सभापतिसँग ४ गतेको केन्द्रीय समिति बैठक अघि नै गम्भीर संवाद गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य सञ्जय गौतमले दिए ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘हामी पार्टीका अनुशासित र मर्यादित नेता हौं । हामी गुटबन्दी पनि विचार समूहका रुपमा छौं । पार्टीमा भ्रातृ संस्था, विभाग प्रभावकारी नचलेको, समयमा अधिवेशन नभएको, युवामा विचलन निराशा आएको जस्ता थुप्रै सवाल छन्’ गौतमले भने, ‘साथै सरकारको कार्यसम्पादन प्रभावकारी भएन ।​भ्रष्टाचारी र सुशासनमा विषयमा पनि सरकारले निष्पक्षता देखाएन भन्ने छ । हामी ठूलो पार्टीका रुपमा समर्थन गरिरहेका छौं तर राम्रो कामको जस प्रधानमन्त्रीले नराम्रोको भाग हाम्रो आउने भइरहेको छ ।’


Advertisment
Kumari
Saurya island
Pardeshi

सत्ता  र सरकार टिक्नुमात्रै ठूलो नभएको भन्दै नागरिकप्रति भरोसा दिलाउनुपर्ने शेखर पक्षको मत छ । साथै छानि-छानी कांग्रेस नेतामाथि अनुसन्धान गरेको विषयलाई पनि सभापतिसँग कुरा गर्ने निर्णय यो समूहले गरेको छ । 

Vianet communication
Laxmi Bank

‘छानि-छानी कांग्रेस नेतालाई मात्रै तान्ने काम भएको छ । यसैले हाम्रो नेता शेखरसहितका पदाधिकारीले केन्द्रीय समितिको बैठक अगाडि सभापतिसँग गम्भीर छलफल गर्ने निर्णय गरेको छ’ गौतमले भने, ‘भ्रष्टाचारविरुद्धको छानबिन,विभिन्न विधेयक, टीआरसीजस्ता विषयमा सरकारको काम प्रभावकारी भएन । सत्ता टिक्नु र सरकार टिकाउनुमात्रै मुख्य होइन मुलुक र जनता ठूला हुन् । यसैले हामीले ध्यानाकर्षण गराउन खोजेका हौं ।’

अर्का नेता मधु आचार्यले सिंगो पार्टीलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताए । 

‘आम जनताले अपेक्षा गरे अनुसार पार्टीलाई रुपान्तरण गरेर जाने विषयलाई हामीले मुख्य जोड दिएका छौं’ आचार्य भन्छन्, ‘केन्द्रीय समितिको बैठक बैठकको लागि मात्रै बस्ने भएन । ठोस र तार्किक एजेन्डासहित बैठक बस्नुपर्छ भन्ने हाम्रो माग छ ।’

बैठकमा शेखर पक्षका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारीसहितका नेता सहभागी थिए । 

४ असोजमा केन्द्रीय समितिको बैठक गर्नु पूर्व शेखर समूहले छुट्टै बैठक बोलाएको हो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

नेकपा (एमाले)काे बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो । एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मै...

असोज १२, २०८०

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभा...

असोज १२, २०८०

पहिलोपटक अभ्यास गरेको प्रदेश संरचनाको नेतृत्वमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एकपछि अर्को प्रदेशमा तोडिएको छ ।  ओलीले कुनै पनि हालतमा सहमति गर्न दबाब दिएको लुम्बिन...

असोज १२, २०८०

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  मुख्यमन्त्री भएको मितिले २...

असोज १२, २०८०

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...

असोज १२, २०८०

एमाले पार्टी कार्यालय च्यासलमा एमाले बागमती प्रदेशको नेतृत्वसहित कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणनाको सबै परिणाम २ घण्टाभित्र आइसक्ने निर्वाचन समितिले जनाएको छ।   ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x