×

Dabur
MG

एमालेका स्व उपाध्यक्ष नेम्वाङबारे अर्का उपाध्यक्ष ज्ञवाली– संविधान बन्न नदिने षड्यन्त्रलाई उहाँले रोक्नुभएको थियो

बुटवल | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान बन्न नदिने षड्यन्त्र र चलखेललाई अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले रोकेको बताएका छन् ।  मुलुकमाथि गम्भीर षड्यन्त्र हुँदैछ, भन्ने सूचना संविधानसभाका अध्यक्ष नेम्वाङले पाएपछि त्यसको दबाबलाई झेल्दै सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको ज्ञवालीले जिकिर गरे । 

yONNEX
Sagarmatha Cement

नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ विषयक मंगलवार बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘अब संविधान बन्ने भयो भनेपछि विभिन्न शक्ति केन्द्रबीच मुलुकमा रोक्ने षड्यन्त्रमा लागेका थिए, यसलाई रोक्ने षडयन्त्र गरेका थिए, नेपालमा सिक्किमको घटना दोहोर्याउन सकिन्छ भनेर योजना बनाएका शक्ति केन्द्रको दबाबलाई नेम्वाङले रोक्नुभयो र मुलुकले नयाँ संविधान पायो ।’ 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

संविधानसभाको चुनाव नै कसरी हुन्छ भन्ने थाहा नभएको अवस्थामा नेम्वाङबाटै राजनीतिक दलहरूले धेरै कुरा थाहा पाएका उनको भनाइ थियो । नेम्वाङले दलहरूलाई भेटेर ‘संविधान जारी नभए मुलुक नरहन सक्छ’ भनिरहेको कुराको स्मरण गर्दै उपाध्यक्ष ज्ञवालीले भने, ‘उहाँ भन्नुहुन्थ्यो, संविधान जारी भयो तर यो आफँै लागू हुन्न । यसको मर्म र भावनामा टेकेर कसरी हामीले बुझ्छौ ? लागू गर्ने काममा कति इमान्दार हुन सक्छौं ?’


Advertisment
Kumari
Saurya island
Pardeshi

ज्ञवालीले नेम्वाङको निधनले सिंगै देश एकजना व्यक्तिको अभावमा शोकमग्न भएको बताए । 

Vianet communication
Laxmi Bank

यस्तै, एमालेकी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्या अर्यालले भारतीय दबाब, युरोपियन युनियनको चलखेलका बाबजुद निकै चलाखीपूर्ण तरिकाले सबै दलसँग समन्वय गरेर सुवास नेम्वाङले संविधान जारी गर्न सकेको बताइन् । 

‘त्यतिबेला धेरै जटिलता थिए, परिवर्तनलाई संस्थागत गर्ने, जनताको तहमा अधिकार ल्याउने कुरा सामान्य थिएन । नेपालको संविधान कुन बाटोमा लैजाने ? यो प्रश्न पनि थियो । जसको समाधान संविधानसभाबाट उहाँकै पहलमा भयो ।’

७१ वर्षीय नेम्वाङको गत हप्ता निधन भएको थियो । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा प्रेम बहादुर सिंहले उम्मेदवारी दिएका छन् । एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहिसकेका सिंहले शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् ।  महाबै गाउँपालिका&ndash...

असोज १२, २०८०

नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दहालले १३२ मत पाए...

असोज १२, २०८०

एमाले बागमती प्रदेश अधिवेशनमा शुक्रवार करिब साँझ ७ बजेसम्म ८०० मत खसेको छ । एक हजार १६९ मतमध्ये ८०० मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।  अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढ...

असोज १२, २०८०

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।  मुख्यमन्त्री भएको मितिले २...

असोज १२, २०८०

एमाले पार्टी कार्यालय च्यासलमा एमाले बागमती प्रदेशको नेतृत्वसहित कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणनाको सबै परिणाम २ घण्टाभित्र आइसक्ने निर्वाचन समितिले जनाएको छ।   ...

असोज १२, २०८०

नेकपा (एमाले)काे बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो । एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मै...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x