×

Dabur
MG

गणेशमानको स्मरण गर्दै राष्ट्रपतिले भनेः लोकतन्त्रका लागि लड्नेहरूको प्रेरणाका स्रोत

काठमाडाैं | असोज २, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

लोकतन्त्रका लागि लड्नेहरूका लागि ४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह प्रेरणाको अजस्र स्रोत बनेको बताएका छन् ।

yONNEX
Sagarmatha Cement

सिंहको व्यक्तित्व र योगदानलाई चीरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको पूर्णकदको शालिक  मंगलवार अनावरण गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा राखेका हुन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

‘जेलनेल, निर्वासन र क्रान्तिका कठिन समयमा पनि लोकतन्त्रको पक्षमा सतिसाल झैँ उभिने मात्र नभएर आफ्नो विचार र अडानमा अडिग रहने सिंहको स्वभाव हामीजस्ता लोकतन्त्रमा लाग्ने र लड्नेहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्यो र अझै बनिरहने छ,’ उनले भने । 


Advertisment
Kumari
Saurya island
Pardeshi

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाएर सिंहले देखाएको बाटोमा हिड्न सक्यांै भनेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरे । 

Vianet communication
Laxmi Bank

‘त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सधैँ प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने आदर्श, त्याग र निष्ठाको निष्काम कर्म हो भनेर प्रमाणित गर्ने गणेशमानजीको यही जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ,’ उनले भने । 

सिंहसँगको साथ र सान्निध्यता जुन मैले मेरो राजनीतिक जीवनमा पनि पाएको र जुन आज उनको  स्मृतिमा पनि ताजै रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । त्यसले आफूलाई सदैव सत्य, निष्ठा र आदर्शको बाटोमा हिड्न अभिप्रेरित गरिरहेको उनले बताए ।  

अर्थमन्त्री डा प्रकाशशरण महतले बाटिकाको बाँकी काम सम्पन्न गर्न सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी सिंहका पुत्रसमेत रहेका सांसद प्रकाशमान सिंहले राजनीतिक परिवर्तनलाई दिगो बनाउनका लागि आर्थिक विकास अपरिहार्य रहेको भनेर बुवाले २०४६ सालपछि भनेको कुरा अझै सान्दर्भिक रहेको बताए । 

सो क्रममा बाटिका निर्माणमा महत्वपूर्ण सहयोग गरेको भन्दै पूर्वसांसद रामेश्वर ढुंगेललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

त्यस्तै गणेशमान सिंहको शालिक बनाउने मूर्तिकार महेश तुलाधरलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

एमाले बागमती प्रदेश अधिवेशनमा शुक्रवार करिब साँझ ७ बजेसम्म ८०० मत खसेको छ । एक हजार १६९ मतमध्ये ८०० मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।  अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढ...

असोज १२, २०८०

नेकपा (एमाले)काे बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ । शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो । एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मै...

असोज १२, २०८०

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरू परिवर्तन भएर लाग्नुपर्ने बताएका छन् । ‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभा...

असोज १२, २०८०

एमाले पार्टी कार्यालय च्यासलमा एमाले बागमती प्रदेशको नेतृत्वसहित कार्यसमिति चयनका लागि शुक्रबार भएको मतदानको मतगणना सुरु भएको छ । मतगणनाको सबै परिणाम २ घण्टाभित्र आइसक्ने निर्वाचन समितिले जनाएको छ।   ...

असोज १२, २०८०

नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...

असोज १२, २०८०

पहिलोपटक अभ्यास गरेको प्रदेश संरचनाको नेतृत्वमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न अध्यक्ष केपी शर्मा ओलीले दिएको निर्देशन एकपछि अर्को प्रदेशमा तोडिएको छ ।  ओलीले कुनै पनि हालतमा सहमति गर्न दबाब दिएको लुम्बिन...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x