असोज १२, २०८०
एमाले बागमती प्रदेश अधिवेशनमा शुक्रवार करिब साँझ ७ बजेसम्म ८०० मत खसेको छ । एक हजार १६९ मतमध्ये ८०० मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढ...
नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले आगामी राजनीतिक बाटो पहिल्याउन नसक्दा मुलुकबाट युवा जनशक्ति रोजगारीको नाममा विदेशल पलायन भइरहेको बताएका छन् । उनले संविधान निर्माणपछि बनेको सरकारको नेतृत्वकर्ताले राष्ट्रिय पुँजीको विकास गर्न नसक्दा त्यसबाट समाजमा निराशा र अराजकताले प्रस्रय पाएको बताए । उनले अब स्वदेशमा रोजगारी सिर्जना गर्ने गरी राजनीतिक कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।
एकीकृत समाजवादी रुपन्देहीले मंगलवार बुटवलमा कार्यकर्तासँग गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी १० वर्षमा मुलुक बनाउने एजेन्डासहित आफ्नो पार्टी छिट्टै देशव्यापी अभियानमा सामेल हुने बताए । उनले संविधानमा समाजवाद उन्मुख भनेर लेखिएपनि त्यसको स्पष्ट बाटो कुनै पनि दलसँग नभएको बताउँदै अब त्यसको अगुवाइ एकीकृत समाजवादीले गर्ने बताए ।
आगामी १० वर्षमा राष्ट्रिय पुँजीको विकास गर्दै देशमा रोजगारीको वातावरण सृजना गर्ने बताए । उनले नेपालबाट युवाहरू विदेश पलायन हुनेक्रम बढेको बताउँदै त्यो जनशक्तिलाई नेपालमै रोजगारी दिएर राष्ट्रिय पुँजीको विकास गर्नुपर्ने बताए ।
‘हरेक वर्ष देश छोड्नेहरूको संख्या बढेको छ, ३ लाखबाट ८ लाख पुगिसक्यो, यो अवस्था निकै भयानक हो,’ महासचिव भुसालले भने, ‘अब हामीले हाम्रा छोराछोरीलाई विदेश पलायन हुनबाट रोक्ने गरी राजनीतिक रुपमा ऐजेन्डा र कार्यक्रम बनाउँदैछौँ ।’
उनले आगामी माघमा हुने एकीकृत समाजवादीको महाधिवेशनसम्म आफूहरूले १० वर्षमा राष्ट्रिय पुँजीको विकास गर्ने स्पष्ट योजना र खाका तयार पारेर राजनीतिक बाटो स्पष्ट पार्ने बताए ।
उनले प्रतिनिधिसभाको विघटन विरुद्धको लडाइँमा सफलता हासिल गरेको बताउँदै अब नेपाली मोडेलको समाजवादको कार्यक्रम समेत आफूहरूले नै दिने बताए ।
‘अहिले हाम्रा सामु, अबको बाटो के भन्ने प्रश्न छ,’ भुसालले भने, ‘यसका लागि एक डेढ महिनामा हामीले स्पष्ट राजनीतिक कार्यदिशा ल्याउछौंँ ।’
एमाले बागमती प्रदेश अधिवेशनमा शुक्रवार करिब साँझ ७ बजेसम्म ८०० मत खसेको छ । एक हजार १६९ मतमध्ये ८०० मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढ...
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्रले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन गरेको छ । महासेठको नेतृत्वमा शुक्रवार ११ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ...
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले कांग्रेसले विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री भएको मितिले २...
नेकपा एमाले बागमती प्रदेशको निर्वाचनमा कुल ११३१ मत खसेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार राति सम्पन्न मतदानमा कुल ११३१ मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । उनले मतदानमा ३२&...
नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा प्रेम बहादुर सिंहले उम्मेदवारी दिएका छन् । एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीसमेत रहिसकेका सिंहले शुक्रबार आफ्नो मनोनयन दर्ता गराएका हुन् । महाबै गाउँपालिका&ndash...
नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेलले अग्रता बनाएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार ढुंगेलले १७२ मतका साथ अग्रता बनाएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दहालले १३२ मत पाए...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...