×

बेल्जियममा राजेश हमाललाई प्रश्न- तपाईं राजनीतिमा आउने सम्भावना कति छ ?

काठमाडाैं | असोज ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बेल्जियमवासी नेपालीहरूले विभिन्न कार्यक्रममा सहभागी हुन युरोप पुगेका नायक राजेश हमालसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । सोमबार (सेप्टेम्बर २५) बेल्जियमको हेरेन्तस्थित एक होटलको सभाहलमा उपस्थित नेपालीहरूले नायक हमालसँग विभिन्न विषयमा सम्वाद गरेका हुन् । 

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

कार्यक्रमको शुरूआतमै हमालले विदेशमा रहेका नेपाली समुदायले नेपालको अर्थतन्त्रको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा  गरे। कृषि प्रधान देशले कृषि नै नगरेका कारण युवाहरू विदेशिन बाध्य भएको उनको भनाइ थियो । 


Advertisment
RMC TANSEN
shivam ISLAND

null


Advertisment
Kumari
MAW JCB

'मैले नेपालमा एक लाखको आइफोन किन्न सक्छु तर, एक लाख तिरेर पनि गुणस्तरीय सागसब्जी किन्न सक्दिनँ,' हमालले भने, 'कम्प्युटर चलाउने काम गर्न पनि खानुपर्छ। प्रविधिको विकास भएर मात्रै हुँदैन, हाम्रो देशको अर्थतन्त्रको सुधार कृषि कर्मबाट मात्रै सम्भव छ।'

Vianet communication
Laxmi Bank

युरोपमा रहेको पहिलो पुस्ताले आफ्ना सन्तानलाई नेपालबारे बुझाउनु पर्ने र आफ्नो 'ओरिजिन' बिर्सिन नहुने उनले बताए । मान्छे जता पुगेर जसरी बसे पनि नेपालीको पहिचान कसैले मेटाउन नसक्ने उनको भनाइ थियो । 

null

त्यसपछि व्यवसायी संध बेल्जियमका पूर्वअध्यक्ष यमु निरौलाले हमाललाई तपाई नेपाली राजनीतिमा आउने सम्भावना के छ भनेर प्रश्न गरे । यस्तै एनएरएनए बेल्जियमका महिला उपाअध्यक्ष सावित्री गिरीले नेपालको कृषि प्रणालीलाई व्यवहारिक बनाउन के गर्नुपर्ला भन्ने प्रश्न गरेकी थिइन् । 

प्रश्नको जवाफ दिँदै हमालले राजनीतिक रूपमा जनताको दैनिकी दुःखदायी नै रहेको बताए। नेपाली नागरिकलाई राजनीति गर्न छुट भए पनि आफूले अहिले नै राजनीतिमा आउने मनस्थिति नबनाएको उनले प्रस्ट्याए । नेताहरूले आफ्नो शैली र संस्कार बदल्नु पर्ने उनको भनाइ थियो ।

null

त्यससैगरी कलाकार संघ बेल्जियमका अध्यक्ष बलराम पुनले हमालले शिक्षा र अभिनयलाई कसरी सँगसँगै अगाडि बढाउन सके भन्ने प्रश्न गरेका थिए। स्तम्भकार दिल निशानी मगरले हमाल एक युगको ईतिहास पनि भएको भन्दै ४० देखि ८० को दशकभित्र नेपालमा देखा परेको राजनीतिक, आर्थिक र सांस्कृतिक उचारचढावबारे प्रश्न गरेका थिए। 

हमाललाई  यूरोपियन यूनियनका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र एनएरएनए बेल्जियमका अध्यक्ष सिता सापकोटाले स्वागत गरेका थिए ।

राजदूत भण्डीरीले नेपाली चलचित्रको दायरा फराकिलो बनाउन नायक हमालले महत्वपूर्ण भूमिका खेलेको भन्दै आफू हमालको राम्रो दर्शक भएको बताए। ​त्यसैगरी एनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटाले हमालको बौद्धिक छविको आफू ठूलो प्रशंसक भएको बताइन्। 

एनआरएनए बेल्जियम र अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास बेल्जियमको संयुक्त आयोजनामा आयोजना गरिएको कार्यक्रममा नायक हमालसँग च्यारिटी डिनर गर्नुका साथै सांगितिक प्रस्तुतिहरू समेत देखाइएको थियो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २५, २०८०

प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।  “यूएनआरडब्लूएका अभिभावक...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x