कात्तिक १७, २०८०
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
काठमाडाैं | असोज ९, २०८०
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतारबाट प्रविन गुरुङले आफ्ना एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन ।
एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुरुङले संघको संस्थागत एकता, सुधार र सुदृढीकरणका लागि एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सामाजिक सेवा र व्यावसायिक कार्यमा सक्रिय गुरुङले आगामी कार्यकालमा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने, नेपालको विकास र समृद्धिका लागि सामूहिक लगानी ल्याउने, विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर रोजगारी बढाउने र सूचना प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउने लगायतका एजेण्डाहरु अघि सारेका छन् ।
आफ्ना एजेण्डाहरु सार्वजनिक गर्दै गुरुङले भने,“मध्यपूर्व, मलेसिया, जापान,कोरिया र युरोपका केही देशको समस्या तथा सम्भावना लगभग एउटै प्रकारका छन । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै अनुत्पादक क्षेत्रमा खर्च भईरहेको छ । हामीले पठाएको रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्रमुख प्राथमिकता हुनेछ ।”
उनले वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल गर्ने, नेपालमा पर्यटकहरु भित्र्याउन प्रबद्र्धन गर्ने र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने एजेण्डाहरु अघि सारेका छन । एनआरएनएमा दोस्रो पुस्ता वा युवा पुस्ता केन्द्रित कार्यक्रम ल्याउने, एनआरएनएको मूल मान्यतालाई कार्यान्वयन गराउने, खेलकुद क्षेत्रको विकास गर्ने र संघको राष्ट्रिय समन्वय परिषद (एनसिसि) मा आबद्ध भएका सबै सदस्यहरुलाई संघको आईसिसी चुनावमा मत हाल्न पाउने व्यवस्थाको लागि पहल गर्ने उनको कार्य योजना छ ।
संघको उपमहासचिव पदमा उठ्नु अघि गुरुङले एनआरएनए कतारको उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आइसिसीको सचिव पदमा बसेर सफल कार्यकाल सम्पन्न गरिसकेका छन । एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टोबर १७ तारिखदेखि नेपालमा सुरु हुँदैछ ।
गुरुङको प्रतिबद्धता पत्र जस्ताको तस्तै
१) सुरक्षित र मर्यादित वैदेशिक रोजगारीः वैदेशिक रोजगार नेपालीका लागि अझै बाध्यता नै छ तर वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन जरुरी छ । स्वदेशमानै सीप तथा तालिमको व्यवस्था गर्ने, वैदेशिक रोजगारको चक्रलाई सहजीकरण, अभिमूखिकरण तथा जनचेतनाका कार्यक्रमका गर्नका लागि मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्य गर्न मेरो उम्मेदवारी हो ।
२) सामुहिक लगानीः आम नेपालीले सोचेको शुखी र सम्बृद्ध नेपाल बनाउने सपना साकार पार्नका उचित क्षेत्रमा एनआरएनहरुको सामूहिक लगानी ल्याउन मेरो उम्मेदवारी हो । सामुहिक लगानीमा सबैको सानो सानो पूँजी समेटर देश विकास लगानी गर्न पहल गर्नेछु ।
३) सीप र पूँजीको सदुपयोगः विदेशमा सिकेको र आर्जन गरेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरेर स्वदेशमा नै रोजगारको विकास गर्ने, वैदेशिक रोजगारबाट फर्किएपछि पुनः विदेश जानु पर्ने अवस्थाको अन्त्यका लागि पहल गर्न मेरो उम्मेदवारी हो ।
४) स्मार्ट एनआरएनए बनाउनः विदेशमा रहेका सवैको अपनत्व हुने गरी सबै बर्ग, क्षेत्र, उमेर, लिङ्गलाई समेट्ने गरी विधान र पद्धतिमा चल्ने निस्वार्थ र गैर राजनीतिक संस्थाका रुपमा आगाडि बढाउने प्रविधीमैत्री स्मार्ट एनआरएनए बनाउन मेरो उम्मेदवारी हो ।
५) रेमिट्यान्सको सही सदुपयोग र लगानीः मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा संभावना लगभग एउटै किसिमका छन । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ हामीले पठाएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ । अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो ।
६) नागरिकताको निरन्तरताका लागिः
हामीले स्थापनाकालदेखि उठाउँदै आएको नागरिकताको निरन्तरताको विषय संवोधन भएको छ । अव यसको कार्यान्वयन सहति वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताको लागि थप पहल रहनेछ साथै गोर्खा तथा पिएनओका विषयलाई अझै निष्कर्षमा पु¥याउन मेरो प्रतिवद्धता रहनेछ ।
७) स्वदेशमा पर्यटन प्रवद्र्धनः पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । साथै विदेशी लगानी नेपाल भित्राउन एनआरएन मार्फत विशेष पहल गर्नेछु । सामुहिक लगानी ल्याउनको मेरो विशेष जोड रहनेछ । ८) नेपाली कलासँस्कृतिको जगेर्ना गर्न नेपाली कला संस्कृतिलाई विदेशमा जगेर्ना गर्नका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने मेरो प्रतिवद्धता छ । विगतमा मैले गरेका कामको अनुभवले मलाई सहज हुनेछ ।
९) एनआरएनएमा युवा आकर्षित गर्न हामी अहिले पहिलो पुस्ता एनआरएनए अभियानमा लागेका छौ तर दोश्रो पुस्तालाई आकर्षित गर्न सकिएको छैन । दोश्रो पुस्ता वा युवा केन्द्रित कार्यक्रम ल्याउने प्रतिवद्ध जनाउँछु ।
१०) एनआरएनएको परिभाषा कार्यान्वयन गर्नः
गैरआवासीय नेपाली संघको स्थापनाकालमा परिभाषित र विश्वमान्यता लाई समेत आधार मानी १८२ दिन भन्दा वढी सार्क मूलुक भन्दा वाहिर वसोवास गरेका नेपाली वा नेपाली मूलका व्यक्तिहरु गैरआवासीय नेपाली हुन भन्न्ने मान्यतालाई कार्यान्वयन गराउन मेरो विषेश जोड रहने छ ।
११) खेलकूद क्षेत्रमा विकाशः हरेक नागरीकको स्वास्थ्य र व्यक्तित्व विकास सहित विश्वभरनै राष्ट्र पहिचानको लागी खेलकुद सवैमा अपरिहार्य छ । सोही आसयलाई सार्थकतामा लिनको लागी प्रदेश स्तरीय सुविधा सम्पन्न वहुउद्देश्य स्पोर्टस क्लवको अवधारणा लाई लिई नेपाल सरकार संग समन्वय गरी कार्य सम्पादन तर्फ लागीने छ ।
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...