कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
काठमाडाैं | असोज ९, २०८०
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक विभिन्न ११ वटा निर्णय गर्दै सकिएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै ११ वटा निर्णयबारे जानकारी दिएका हुन् ।
जसमा युवा पलायन रोक्नेदेखि बेरोजगारी समस्या हटाउनेसम्मका विषय समेटिएका छन् ।
केन्द्रीय समिति बैठक सकिएसँगै नेपाली कांग्रेस महासमिति बैठकको तयारीमा जुटेको छ । अगामी मंसिरमा हुने बैठकका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूलआयोजक समितिसहितका अन्य विभिन्न समिति गठनको निर्णय गरिएको छ।
यस्तै उपसभापति पूर्णबहादुर खड्काको नेतृतवमाप्रस्ताव तयारी समिति, महामन्त्री गगन थापाको नेतृत्वमा संगठन र महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा राजनीतिक प्रस्ताव समिति गठन गरिएको छ । आवश्यकताअनुसार अरु समिति थप्दै जाने सो पार्टीले जनाएको छ । कांग्रेसको महासमिति बैठक आगामी मंसिर १३, १४ र १५ गतेका लागि तोकिएको छ ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शीर्ष नेताहरूले छोरीज्वाइँदेखि सम्धीसम्धिनीसम्मलाई पदाधिकारी बनाएका छन् । यसले सो पार्टीमा परिवारवादको चरम नमुना देखिएको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले सम्धी उमाकान्त झालाई वरिष्ठ उपाध्यक्ष, सम्धिनी इन्दिरा झालाई उपाध्यक्ष र छोरी मिनाक्षी ठाकुरलाई केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।
त्यसैगरी वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना ज्वाइँ अनिल महासेठलाई महासचिव बनाएका छन् भने भतिज उपेन्द्र महतोलाई पनि महासचिवमै मनोनयन गरेका छन् ।
त्यसैगरी अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले छोरी सृष्टि सिंह भण्डारीलाई सचिव बनाएका छन् । भण्डारी निकट मानिने निर्जला राउतलाई वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्षको दोहोरो जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय पार्टी बन्न नसकेको लोकतान्त्रिक समाजवादी पार्टीमा ६३ जना पदाधिकारी चयन गरिएको छ ।
००००
नेपाल र चीनबीच १२ सम्झौता र १ सहमति पत्रमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच सोमवार बेइजिङमा भएको द्विपक्षीय वार्तापछि ती सम्झौतामा हस्ताक्षर भएको हो ।
००००
चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए ।
००००
विराटनगरमा सोमवार भएको प्रदेशस्तरीय सुरक्षा संयन्त्रको बैठकमा सुरक्षा निकायका प्रमुखहरूले कोशी प्रदेशमा जाति तथा धार्मिक मुद्दाले खलल र्पुयाइरहेको ब्रिफिङ गरेका छन् ।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुखले कोशी प्रदेशमा पहिचान र धार्मिक मुद्दाले प्रदेशको शान्ति सुरक्षालाई खलल र्पुयाइरहेको बताएका हुन् ।
००००
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतले फैसला नगरेसम्म बालकृष्ण खाँणलाई दोषी भन्न नहुने बताएका छन् । केन्द्रीय समितिको बैठकलाई समापन गर्दै देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई उल्लेख गर्दै अदालतमा मुद्दा चलेकै भरमा कसैलाई दोषी करार गर्न नहुने उनले स्पष्ट पारे ।
००००
संघीय संसद्को राज्य व्यवस्था समितिमा दुई सुरक्षा निकायका प्रमुखले ‘सुरक्षा थ्रेट’को विषय उठाएपछि अहिले एक प्रकारको तरंग पैदा भएको छ ।
नेपालको सुरक्षा अवस्था र सामाजिक, धार्मिक विषय कति संवेदनशील छ भन्ने कुरा सशस्त्र प्रहरी बलका महानिरीक्षकराजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरले संसदीय समितिमा उठाएको विषयले दर्शाउँछ ।
पछिल्लो समय नेपालमा पहिचान र धार्मिक विषयको असन्तुष्टि तथा आन्दोलनले राष्ट्रिय सुरक्षामा कस्तो असर पारेको छ भन्ने कुरा उनीहरूले उठाएका थिए ।
००००
पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ६ महिना कैद र ९८ लाख २९ हजार ५३७ रुपैयाँ जरिवाना गरेको छ ।
विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार बिगो बमोजिमको सम्पत्ति जफतसमेत हुने फैसला भएको हो ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै थप चारजना मन्त्री नियुक्त गरेका छन् ।
सुनसरीबाट निर्वाचित प्रदेश सांसद रामप्रसाद मेहता, मोरङका लीलावल्लभ अधिकारी, धनकुटाका नीरन राई र सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीलाई सोमवार मन्त्रीमा नियुक्त गरिएको हो ।
००००
माल्दिभ्सलाई फराकिलो गोल अन्तरले हराउँदै नेपाल यू–१९ साफ च्याम्पियनसिप फूटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै घरेलु टोली नेपाल अन्तिम ४ मा पुगेको हो ।
००००
नेकपा एमाले बागमती प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाट गरे ।
बागमती प्रदेशको नेतृत्वका लागि एमालेका नेताहरूबीच निकै प्रतिस्पर्धा देखिएको छ । अध्यक्ष ओली चुनाव हुन नदिने पक्षमा देखिएका छन् । तर, आकांक्षी भने चुनावी प्रतिस्पर्धामा जाने पक्षमा छन् ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...