कात्तिक २०, २०८०
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रुँदै भूकम्पले पारेको क्षतीबारे सुनाउँदै कुशे गाउँपालिका-७ का स्थानीय महिला । तस्बिरः रासस
चिकित्सकमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलमा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा काठमाडौंका पाटन, वीर अस्पताल, टिचिङ अस्पताललगायतका चिकित्सकहरू आएका छन् ।
स्वास्थ्यकर्मीहरू प्रदर्शनमा गएपछि विभिन्न अस्पतालमा सेवा प्रभावित भएको छ । डाक्टरहरू आन्दोलनमा गएपछि अस्पताल पुगेका कतिपय बिरामीहरू उपचार नपाई फर्किन बाध्य भएका छन् ।
सोमबार पोखराको मणिपाल अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि मृतकका आफन्तहरूले चिकित्सकमाथि कुटपिट गरेका थिए। त्यस्तै उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए।
आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेसीशहर नगरपालिका- ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले डाक्टरमाथि कुटपिट गरेका थिए ।
यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना डाक्टरमाथि कुटपिट गरेका थिए ।
चिकित्सकहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयनको माग गरेका छन्।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रुँदै भूकम्पले पारेको क्षतीबारे सुनाउँदै कुशे गाउँपालिका-७ का स्थानीय महिला । तस्बिरः रासस
काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रबाट देखिएको कुम्भर्कण हिमाल । तस्वीर : दिलकुमार लिम्बू/रासस
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित चर्चित खारा ब्यारेक र रुकुम पूर्वमा रहेको सिस्ने हिमाल । तस्वीर : कुलदीप न्यौपाने/रासस
अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-४ स्थित सब्जेहुँदै साईकल यात्रामा माथिल्लो मनाङ जाँदै गरेका ६ वर्षे बालक सहितको सिङ्गापुरे परिवार । दामन, सौराहा हुँदै साईकलमै यहाँ आइ...
हारमा बिक्री नभएपछि किसान र व्यापारीले बुधबार नारायणगढको सडक किनारामा फालेको सयपत्री र मखमली फूलको माला । गत वर्षभन्दा यसवर्ष किसानले तिहारलाई लक्षित गर्दै उल्लेख्य मात्रामा फूल खेती गरे पनि सो अनुरूप फूल बिक्...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...