×

Dabur

समिट र माओवादी नेताको दादागिरी

नेतालाई भीआईपी भनेर उडाउँदा भोलि अपरेसनको शेड्युल रहेका १६ डाक्टर मुगुमा अलपत्र

काठमाडाैं | असोज ९, २०८०

NTC
Premier Steels
Marvel

भीआईपी भनिएका माओवादी नेताहरूलाई बोक्नुपर्ने कारण देखाएर समिट एयरले चिकित्सकहरूलाई मुगुमै छाडेको घटनाले नेपाली हवाई क्षेत्रमा विद्यमान गम्भीर समस्या उजागर गरिदिएको छ ।

yONNEX
Sagarmatha Cement

माओवादीका ३ नेता र उनीहरूका २ पीएसओसहित ५ जना थपिएपछि अग्रिम टिकट बूक गरेका चिकित्सकलाई मुगुमै छाडिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादी केन्द्रका उपमहासचिव मात्रिकाप्रसाद यादव, कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व सांसद विमला केसी तथा दुईजना पीएसओलाई तथा अन्य केही व्यक्तिलाई लिएरसमिट एयरको विमान नेपालगञ्जतर्फ उडेपछि १६ जना चिकित्सक मुगुको ताल्चा विमानस्थलमा अलपत्र परेका हुन् ।


Advertisment

गोष्ठीका लागि देशभरबाट जुम्ला पुगेका चिकित्सकहरूले भोलिसम्ममा कार्यक्षेत्रमा पुगिसक्नुपर्ने बाध्यता रहेको बताएका छन् । उनीहरूका अनुसार कतिपयको त भोलिका लागि अपरेसन शेड्युल नै छ ।

Vianet communication
Laxmi Bank

आज समिटको अर्को फ्लाइट समेत नभएकाले उनीहरूको बिचल्ली भएको हो । यसै सम्बन्धमा लोकान्तरले त्यहाँ अलपत्र एक चिकित्सकसँग कुराकानी गरेको छ । डाक्टरसँगको कुराकानी जस्ताकोतस्तै :

भीआईपी बोक्नुछ भनेर हामीलाई छाडे– चिकित्सक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र एसोसिएसन अफ स्पाइन सर्जन, नेपालका चिकित्सकहरू मेरुदण्डसम्बन्धी एकदिने कार्यशाला गोष्ठीका लागि शनिवार जुम्ला आएका थियौं ।

मान्छेको शव समेत चिरेर अध्ययन/अनुसन्धान गर्नेगरी मेरुदण्डसम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । त्यसका लागि हामी अग्रिम बूकिङ गरेर जुम्ला आयौं । गत शुक्रवार जुम्ला आउने बेलामा पनि १७ जना चिकत्सकहरूका लागि सामूहिक बूकिङ गरेका थियौं । तर, प्लेनमा आउने बेलामा एकजना इन्टर्न पाइलट लग्नुछ भन्दै जबरजस्ती हाम्रो टीमबाट एकजना चिकित्सकलाई झार्न लगाए ।

एकजना साथीको टिकट हुँदाहुँदै पनि सहमतिमै झारेका थियौं । प्यासेन्जर धेरै भयो भनेर २-३ घण्टासम्म लफडा भएको थियो । त्यसपछि एकजना साथीलाई झार्‍यौं । जुम्लामा शनिवार कार्यक्रम सकेर मुगुमा रारा घुम्ने भनेर हामीले एक दिन होल्ड गर्ने गरी मंगलवारका लागि अग्रिम टिकट बूकिङ गरेका थियौं । हिजो बेलुका सोमवार माओवादीका तीनजना नेताहरू मात्रिकाप्रसाद यादव, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व सांसद विमला केसी तथा २ जना पीएसओसहित पाँच जना आउनुभएको थियो ।

आज हामीले चेक इन गरिसकेपछि ती पाँचैजना नेताहरूको टोली जानुपर्ने भयो, तपाईं सबैजनालाई हामीले लान सकेनौं, भीभीआईपी आउने भएपछि उहाँहरूलाई लानैपर्‍यो, २/३ जना झर्नुपर्यो भनेर एयरलाइन्सका कर्मचारीले भने ।

हामी चेक इन गरेर एयरपोर्टभित्र पसिसकेको अवस्थामा उहाँहरूले लफडा शुरू गर्नुभयो । त्यसो त हुँदै हुँदैन, हामी छाड्दैछाड्दैनौं । उहाँहरू भीभीआईपी हो भने राज्यले हेलिकप्टर नै व्यवस्था गरिदिनसक्छ, हेलिकप्टरबाट पनि जान सक्नुहुन्छ भनेर भन्यौं । हाम्रो कुरा सुनिएन । उहाँहरूले आफ्ना लागि हेलिकप्टरकै व्यवस्था गर्न गृहमन्त्रीलाई पनि फोन गर्नुभयो तर सुनिएन भनेर हामीले बुझ्यौं । त्यसपछि वादविवाद नै भयो ।

यहाँ लफडा छ भनेर नेपालगञ्जमै पनि एक घण्टा डिले प्लेन उड्यो । यहाँ पनि त्यही वादविवादका कारण एक घण्टा डिले भयो । उहाँहरू जसरी पनि जाने र हामी पनि झर्दैनौं भन्ने अडानमा रहिरहयौं । हामीले नारा नै लगायौं । एकछिनपछि हामी अर्को व्यवस्था गरिदिउँला भन्ने आश्वासन दिएर उहाँहरू जानु भयो । आज बिहान ७ बजेको प्लेन सवा ९ बजे तिर आयो र उहाँहरू जानु भयो । हामी १६ जना चिकत्सकहरूलाई छोडेर समिट एयर नेपालगञ्ज उड्यो ।

एसोसिएसन अफ स्पाइनल सर्जन अफ नेपालका उपाध्यक्ष डा. व्यापक पौडेल, महासचिव डा. सुरज बज्राचार्य, पूर्वअध्यक्ष डा. विमलकुमार पाण्डे, डा. गौरवराज ढकालसहित १६ जना चिकित्सक छौं ।

काठमाडौंका ७/८ जना अनि धनगढीदेखि बिर्तामोडसम्मका चिकित्सकहरू आजै नेपालगञ्ज फर्किएर आ-आफ्नो ठाउँमा फर्किनुछ किनभने सबैजनाको भोलिदेखि अप्रेसन शेड्युल छ । फेरि यहाँ फ्लाइट अनिश्चित छ । हामी कसरी जाने भनेर विमानस्थलमा अलपत्र पर्‍यौं ।

महेन्द्रबहादुर शाहीको दाबी– 'प्लेन नै हाम्रा लागि आएको हो'

माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने प्लेन नै आफूहरूका लागि आएको दाबी गरेका छन् । चिकित्सकहरूले अनावश्यक लफडा गरेको उनको आरोप छ ।

प्रस्तुत छ, शाहीको शब्द, जस्ताको तस्तै :

चिकित्सकहरूलाई किन छुटायो, हामीलाई बोकेर किन ल्यायो भन्ने कुरा त समिट एयरलाई नै सोधे भयो । हामी कार्यक्रममा जानुपर्ने भएकाले हाम्रै लागि बिहान प्लेन आएको हो । हाम्रै लागि प्लेन आउने भएपछि समिट एयरले चिकित्सकहरूलाई पनि बोलायो । हाम्रो टिकट बूक गरिएको थियो । त्यहाँ कहिल्यै बिहान ७ बजे फ्लाइट जाँदैन, तर हाम्रै लागि बिहान मुगुमा आइपुगेको थियो । नभए १०-११ बजे प्लेन त्यहाँ पुग्छ ।

हुम्लामा हाम्रो अभियान थियो । हुम्लामा सकेर मुगु हुँदै नेपालगञ्ज फर्किएर डोल्पा जानु थियो । त्यो जहाज बिहानै मुगुमा कसलाई बोक्न पुगेको हो भन्ने कुरा समिट एयरले भन्नु पर्यो नि !

हामी प्लेनमा चढिसकेपछि चिकित्सकहरूले लफडा शुरू गर्नुभयो । तैपनि हामीले के भन्यौं भने तपाईंहरू पनि आउने नै हो भने १६ जनामा १५ जना आउनुस् । १ जना बाँकी रहे पनि सुत्केरी र बिरामी बोक्न हेलिकप्टर आउँदैछ, त्यही हेलिकप्टरमा आउनुहोला भन्यौं ।

१ जना मात्र झर्न भन्दा पनि उहाँहरू हामी सबै १७ जना झर्छौं भन्दै झर्नुभयो । उहाँहरू झरेपछि सुत्केरीसहित अन्य तीनजना बिरामी समेतलाई हामीले बोकेर ल्यायौं । हामीलाई पनि आजै डोल्पा पुगेर डोल्पाबाट फेरि फर्किनुपर्ने थियो । नेपालका विद्वान डाक्टरहरूले राजनीति गर्नुभयो । माओवादीविरुद्ध पूर्वाग्रह राखेर मिडियाबाजी गर्नुभयो ।

के भन्छ समिट एयर ?

विमानस्थलस्थित समिट एयरका 'सिनियर अफिसर' दीपक शाहले भने केही व्यक्ति बसेर बाँकी जानुस् भन्दा चिकित्सकहरूले नमानेको बताए ।

'हामीले उहाँहरूलाई नलैजाने भनेका होइनौं, बिरामीसहित नेताहरू आएकाले केही बस्दिनुस् भनेका हौं । उहाँहरू सबै जान्नौं भन्नुभयो,' लोकान्तरसँग उनले भने, 'दुई/चारजना बस्नुस् भन्दा सबै जानुभएन । हामीले के गर्ने ?'

अग्रिम बूकिङ गरे पनि टिकट इस्यु भने नगरेकाले समस्या भएको उनको जिकिर छ ।

'यहाँ पहाडमा फ्लाइट छैन । हप्तामा २ देखि ३ वटा फ्लाइट हुन्छ । पहाडको रुट यस्तै हो,' उनले थपे, 'यति हुँदाहुँदै पनि दुर्गममा हामी (समिट)ले मात्र सेवा दिइरहेका छौँ । कहिलेकाहीँ यस्तो समस्या आउँछ ।'

पहिले सीता एयरलाइन्स, नेपाल एयरलाइन्ससहितले फ्लाइट गर्ने गरेका थिए । तर अहिले मुगुमा समिट एयरले मात्र उडान गर्दै आएको छ ।

अन्तत: नेपाल एयरलाइन्स पठाउने मन्त्रीको वाचा

चिकत्सकहरू बिचल्लीमा परेको समाचार प्रकाशित भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फेसबूकमार्फत दु:ख व्यक्त गरे ।

मुगुबाट नेपालगञ्ज आउन छुटेका चिकत्सकहरूलाई गन्तव्यमा पुर्‍याउनका लागि नेपाल वायु सेवा निगमको जहाज तत्काल पठाइएको उनले जानकारी गराए ।

'मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन छुटेका चिकित्सकहरूको खबरले दु:खित बनायो । गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ,' मन्त्री किराँतीले सामाजिक सञ्जाल फेसबूकमा उल्लेख गरेका छन् ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x