×

राजस्व चुहावट गरेको आरोपमा त्रियुगाका तत्कालीन नगरप्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं | असोज १०, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

ढुङ्गा, गिटी, ग्राभेल, रोडा, बालुवा उत्खनन, संकलन तथा बिक्री गरी कर उठाउने ठेक्कामा बदनियतपूर्वक राजस्व छली गरेको आरोपमा तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित ४ जनाविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।


Advertisment
RMC TANSEN
shivam ISLAND

राजस्व चुहावटमा संलग्न रहेको आरोपमा आयोगले चौधरीसहित त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारविरुद्ध पनि मुद्दा दायर गरेको छ ।


Advertisment
MAW JCB

तत्कालीन नगरप्रमुख चौधरी, कार्की र ढकालले ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजस्व चुहावट गरेको आयोगको दाबी छ । यस्तै ठेकेदार बछारले १८ लाख ४४ हजार १७७ रुपैयाँ हिनामिना गरेको आयोगको दाबी छ ।

Vianet communication
Laxmi Bank

आयोगले नगरप्रमुख चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्की र तत्कालीन राजस्व शाखा प्रमुख ढकालविरुद्ध जनही १ करोड ६२ लाख ७० हजार ७६४ रुपैयाँ र बछारविरुद्ध ३६ लाख ८८ हजार ३५५ रुपैयाँ असुल उपरको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

साथै आयोगले उनीहरूलाई कैद सजायको समेत मागदाबी गरेको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ६, २०८०

५८ सह-सचिव सरुवाको सूची भित्रभित्रै गायब भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा नआई गायब भएको हो । मन्त्रालयले कात्तिक १६ गते ५८ जना सहसचिव...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

कात्तिक २३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राह...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x