×

NIC ASIA

बागमतीमा कैलाशको नेतृत्व

एमाले बागमतीको परिणाम: हार्ने-जित्ने कसले कति मत पाए ? [विवरणसहित]

काठमाडाैं | असोज १३, २०८०

Prabhu Bank
NTC
Premier Steels
Marvel

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली निकट मानिने कैलाश प्रसाद ढुंगेल विजयी भएका छन् । उनले ६९६ मतका साथ विजय हासिल गरेका हुन् । यस्तै निकटतम् प्रतिद्वन्द्वी कृष्ण प्रसाद दहालले ४३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

शुक्रबार मध्यरातमा सार्वजनिक अन्तिम मतपरिणामअनुसार पदाधिकारीतर्फकै उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका छन् । उनी ६१५ मतका साथ विजयी हुँदा सोही पदमा प्रतिस्पर्धा गरेका ईश्वरचन्द्र पोखरेलले २२१ तथा नारायणप्रसाद खतिवडाले २०९ मत पाए । यसैगरी राजेन्द्र राजथलाले ९० मत पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी सचिव पदमा नवराज सिलवाल जम्मा एक मतले विजयी भए । उनले ५६८ मत पाउँदा हस्तबहादुर पण्डितले ५६७ मत पाए । यसैगरी उपसचिव खुलातर्फ प्रेमबहादुर महर्जन ३६७ मतका साथ विजयी भए । यसैगरी सोही पदका अन्य प्रतिस्पर्धीहरु ओम राज पन्तले ११६, कृष्णहरि थापाले १०८, खड्गबहादुर खत्रीले ११६, टासी लामाले २३२, डबल पाण्डेले ९६, रमेश महर्जनले ७६, राजेन्द्य्र श्रेष्ठले ५८ मत पाए ।


Advertisment
Rupse Holidays
Nabil box

यसैगरी सचिव महिलातर्फ भक्तकुमारी लामाले ५९९ मत पाए । अन्य प्रतिस्पर्धीहरु रिता गौतम ढकालले ५३६, अर्जुन बस्नेतले २३२, अशोक चौलागाईँले ३०१, आरसी रामचन्द्र  पौडेलले २४२, उद्धव केसीले २४२, उपेन्द्र पौडेलले २४८, कृष्ण सिलवालले १८२ र कृष्णमान लामाले १३५ मत पाए । 
एमाले बागमती प्रदेशमा सहमतिमा नेतृत्व चयनको प्रयास भएपनि त्यो सम्भव नभएपनि शुक्रबार मतदान भएको थियो । मतदानमा ११३५ मतदाता सहभागी भएको निर्वाचन समितिले जनाएको छ । 

Vianet communication

निर्वाचित भएसँगै ढुंगेलले लोकतान्त्रिक प्रतिस्पर्धा भइसकेपछि हारजित स्वाभाविक भएको बताए । उनले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाएर लगिने बताए । मिसन २०८४ का लागि एमाले बागमती प्रदेशले पार्टीलाई अब्बल बनाएर लैजाने पनि उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x