×

Dabur

नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी भए अर्मेनियाली पलायन

काठमाडाैं | असोज १३, २०८०

NTC
Premier Steels
Marvel

येरेभान– अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् । 

yONNEX
Sagarmatha Cement

गत साता उक्त क्षेत्रमा अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट अधिकांश पलायन भएका काराबाख क्षेत्रका पूर्वअभियन्ताहरूले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अजरबैजानले उक्त क्षेत्रलाई पुनः एकीकरण गर्न र त्यहाँका बासिन्दालाई समान व्यवहार गर्न चाहेको बताएको छ तर अर्मेनियाली प्रवक्ताले त्यो भनाइ केवल ‘झूट’ भएको टिप्पणी गरेका छन् । 


Advertisment

अर्मेनियाका प्रधानमन्त्रीका प्रवक्ता नाजेली बग्दासर्यानले नागोर्नो–काराबाखको अनुमानित एक लाख २० हजार जनसङ्ख्यामध्ये एक लाख चार सय १७ जना पलायन भएका बताएका छन् । 

Vianet communication
Laxmi Bank

शरणार्थीसम्बन्धी  संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनएचसीआरले पनि  एक लाख आदिवासी आर्मेनियाली पलायन भएका जनाउँदै उनीहरूलाई  तत्काल मानवीय सहायता आवश्यक परेको बताएको छ । 

नागोर्नो–काराबाख क्षेत्रको धरातलीय यथार्थबारे जानकारी लिन तथा त्यहाँको वस्तुस्थिति मूल्याङ्कन गर्न राष्ट्रसङ्घीय टोली आइतबारसम्ममा त्यहाँ पुग्ने बताइएको छ । 

अर्मेनियाका पूर्वपृथकतावादी नेता आर्टक बेग्लरियानले नागोर्नो–काराबाखका बासिन्दाको अन्तिम समूह शनिवार आर्मेनियातर्फ लागेको बताएका छन् । ‘अधिकांशमा केही सय व्यक्तिमात्र बाँकी छन्, तीमध्ये अधिकांश अधिकारी आपतकालीन सेवाका कर्मचारी र  स्वयंसेवक हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

अजरबैजानी सैन्य कारबाहीका क्रममा मारिएका बाहेक सोमबार नागोर्नो–काराबाखमा इन्धन डिपोमा भएको भीषण विस्फोटमा कम्तीमा एक सय ७० जनाको मृत्यु भएको थियो । अर्मेनियालीहरूद्वारा स्टेपानाकर्ट भनेर चिनिने खानकेन्डी नजिकै विस्फोटको कारण अझै स्पष्ट भइसकेको छैन । 

गत बिहीबार अजरवैजानले  नागोर्नो काराबाख क्षेत्र आफ्नो अधिनमा आएको बताएसँगै स्वघोषित स्तन्त्रताको तीन दशक लामो रक्तपातपूर्ण द्वन्द्व अन्त्यसँगै अब त्यसको अस्तित्वसमेत समाप्त भएको घोषणा भएको थियो । 

नागोर्नो–काराबाखका स्वतन्त्रता पक्षधर अर्मिनियाली नेता सम्वेल शाहरामन्यानले सन् २०२४ को जनवरी १ देखि यसको अस्तित्व समाप्त हुने घोषणा गरेका थिए । नयाँ वर्षको पहिलो दिनदेखि सबै राज्य संस्था विघटन गर्ने आदेशमा हस्ताक्षर गर्दै उक्त घोषणा गरेका उनले जनताको सुरक्षाका खातिर त्यो अप्रिय निर्णय गर्नुपरेको स्पष्ट गरेका थिए ।  

अजरबैजानको भूभागको रूपमा अन्तरराष्ट्रिय मान्यता दिइएको नागोर्नो–काराबाख विगत तीन दशकदेखि आदिवासी आर्मेनियालीहरूद्वारा नियन्त्रित थियो । सन् १९८८ मा आर्मेनिया र अजरबैजानबीच सुरु भएको द्वन्द्वको मुख्य जड तत्कालीन सोभियत सङ्घ टुक्रिएपछि भएको युद्धमा आफूले जितेको भूभाग आफ्नै नियन्त्रणमा हुनुपर्ने आर्मेनियाको अडान थियो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २५, २०८०

प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको शुक्रबार बताएका छन् ।  “यूएनआरडब्लूएका अभिभावक...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x