मंसिर ६, २०८०
५८ सह-सचिव सरुवाको सूची भित्रभित्रै गायब भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा नआई गायब भएको हो । मन्त्रालयले कात्तिक १६ गते ५८ जना सहसचिव...
बुटवल | असोज १५, २०८०
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र रहेको विवादित जग्गाका धनीलाई मुआब्जा नदिने निर्णय भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विवादित जग्गाका विषयमा अध्ययन गर्दा मुआब्जा दिनुपर्ने नदेखिएकाले यस्तो निर्णय गरेको हो ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्ण परियोजनामा मुआब्जाको माग गर्दै रनवेलगायत विमानस्थलभित्र पर्ने जग्गाका व्यक्तिको नाममा दर्ता गरी परियोजना कार्यालयमा निवेदन दर्ता भएको थियो ।
मुआब्जा मागदाबीका बिषयमा बसेको मुआब्जा निर्धारण समितिको बैठकले सबै गतिविधि शंकास्पद देखिएकाले हाललाई मुआब्जा नदिने निर्णय भएको प्रजिअ अर्यालले बताए । विमानस्थल निर्माण परियोजनासँग मुआब्जाको दाबी गर्नका लागि जिल्ला मालपोत कार्यालयले जारी गरेको लालपुर्जाका बिषयमा अध्ययन गरी जवाफ दिन मालपोत कार्यालय, रुपन्देहीलाई पत्राचार गर्नेसमेत बैठकले निर्णय गरेको छ । लालपुर्जा दिनुपर्ने कारण माग गर्दै जिल्ला प्रशासन कार्यालयले उठाएका १० वटा विषयमा रहेर जवाफ दिनसमेत मालपोत कार्यालयलाई आग्रह गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा रहेको शवदाहस्थलको जग्गा दलालहरूले व्यक्तिको नाममा नामसारी गरेको तथ्य बाहिरिएसँगै सो क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको रनवे क्षेत्र र विमानस्थलभित्रै पर्ने कालीमाताको नाममा रहेको जग्गा नै जिल्ला मालपोत कार्यालय र ‘दलाल’हरूको मिलेमतोमा पर्वतराजकान्त मिश्राको नाममा नामसारी गरेको खुलेको हो ।
व्यक्तिका नाममा नामसारी गरिएको केही जग्गा गौतमबुद्ध विमानस्थल परियोजनाले यस अगावै अधिग्रहण गरिसकेको थियो । सो जग्गामा अहिले रनवे बनेको छ । हाल रनवे रहेको ७ र ३२ नम्बर कित्ता रहेको जग्गा २०८० वैशाख ८ गते जिल्ला मालपोत कार्यालयले मिश्राको नाममा लालपुर्जा कायम गरिदिएको थियो ।
मिश्राले मुआब्जाका लागि गौतमबुद्ध विमानस्थल परियोजनामा निवेदन पेश गरेपछि रहस्य बाहिरिएको हो । उनीहरूले ४ बिगाहा १७ कठ्ठा ६ धुर जग्गा मिश्रको नाममा नामसारी गरेका हुन् । उक्त जग्गा अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा मुआब्जाका लागि पेश भएको छ । विमानस्थल परियोजनाले सहज तरिकाबाट मुआब्जा दिने हो भने करिब १५ करोड बराबरको मुआब्जा जग्गा धनी मिश्रले प्राप्त गर्ने विमानस्थल परियोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
५८ सह-सचिव सरुवाको सूची भित्रभित्रै गायब भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनमा नआई गायब भएको हो । मन्त्रालयले कात्तिक १६ गते ५८ जना सहसचिव...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका प्रदेश सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित ३...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमवार विशेष अदालत...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राह...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...