असोज १९, २०८०
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
काठमाडाैं | असोज १५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो दाबी गर्दै १६२ भ्रष्टारचार मुद्दा दायर गरेको छ ।
गत आवमा परेका कुल २८ हजार ६७ उजुरीमध्ये १६२ वटामा छानबिन सकेर आरोप पत्र दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आव २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि प्रवक्ता दाहालले पत्रकार भेटघाट कार्यक्रम राखेका थिए ।
त्यसक्रममा दाहालले ६२२ पुरुष, १३८ महिला तथा ६ संस्था गरी कुल ७६६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको जानकारी दिए ।
उनका अनुसार प्रतिवादीमध्ये १ सचिव, १० जना सहसचिव, ५८ जना उपसचिव, १४६ जना शाखा अधिकृत, ११० जना नायब सुब्बा, ३० जना खरिदार र ४ जना सहायक स्तरका गरी १४४ जना कर्मचारीलाई प्रतिवादी बनाइएको छ ।
त्यसैगरी २०९ जना जनप्रतिनिधि, १९८ जना मतियार तथा बिचौलियालाई मुद्दा लगाइएको छ । सबैभन्दा बढी मुद्दा स्थानीय तहका छन् । स्थानीय तहका ६६ वटा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका १६ वटा, स्थानीय तहअन्तर्गत शिक्षाको ११ वटा प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ७ थान मुद्दा दर्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एउटा, गृह मन्त्रालयको ५ वटा, स्वास्थ्य, कृषि र शिक्षा मन्त्रालयकै क्रमश: ४/४ थान मुद्दा दर्ता भएका छन् ।
आव २०७९/०८० मा विशेष अदालतमा दायर भएका ३४१ मुद्दामध्ये ११४ वटा मुद्दामा कसुर कायम भएको छ । त्यसैगरी गत आवमा विशेष अदालतबाट भएका २३७ वटा फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालले जनाए ।
आयोगले २८ हजार ६७ उजुरीहरूमध्ये १८ हजार ७९९ उजुरी (६६.९८%) स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट गरेको हो, जसमध्ये ११३३ उजुरीउपर विस्तृत अनुसन्धान भएको, ७ हजार ८६९ उजुरी तामेलीमा राखिएको, १५२ उजुरीउपर सुझाव दिई तामेली गरिएको र ९ हजार ६४५ उजुरीउपर कानूनबमोजिम अन्य आवश्यक कारबाहीका लागि लेखी पठाइएको दाहालले बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गत वर्षको वार्षिक प्रतिवेदन सोमवार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन् ।
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेका विभिन्न मुद्दामा उक्त अदालतबाट भएका फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भए...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका प्रदेश सचिवसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित ३...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गरेबापत सेवाग्राह...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...