×

Dabur

दशैंमा विदेशबाट आउँदै हुनुहुन्छ ? यी हुन् ल्याउन पाइने र नपाइने सामानहरू

काठमाडाैं | असोज १५, २०८०

NTC
Premier Steels
Marvel

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैंका लागि स्वदेश फर्किने यात्रुहरूलाई कानूनले छुट सुविधा दिएका तथा व्यक्तिगत प्रयोजनमा भन्सार तिरेर ल्याउन पाउने समान मात्र ल्याउन आग्रह गरेको छ ।

yONNEX
Sagarmatha Cement

पछिल्लो समय कानूनविपरीत ल्याइएका सामान जफत हुने र ल्याउने व्यक्तिहरू कारबाहीमा पर्ने गरेको भन्दै विमानस्थल भन्सार कार्यालयले सबै प्रक्रिया बुझेर मात्र सामान ल्याउन आग्रह गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'यात्रुहरूले मापदण्डभन्दा बढी मालवस्तु लिएर आउने र भन्सार तथा प्रहरीको कारवाहीमा परी त्यस्तो मालवस्तु जफत हुने तथा सोको दोब्बर मूल्यबराबर धरौटी र जरिवाना तथा कैद सजाय समेत पाउने गरेका छन्,' विमानस्थल भन्सार कार्यालयले सोमवार विज्ञप्ति जारी गर्दै भनेको छ ।


Advertisment

महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्म सुनका गहना भन्सार नतिरी ल्याउन पाउने व्यवस्था रहेको विज्ञप्तिमा जनाइएको छ । थप २०० ग्रामसम्म सुनका गहना भन्सार तिरेर ल्याउन पाउने व्यवस्था रहेको भन्सार कार्यालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank

गहनाको आकार मात्र दिइएका बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएको सुनले भन्सार छुटको मान्यता नपाउने समेत विज्ञप्तिमा उल्लेख छ ।

मोबाइलको हकमा आफूले प्रयोग गरेको मोबाइल ल्याउन पाइने र अतिरिक्त एउटा मोबाइल भन्सार प्रक्रिया पूरा गरेर थप शुल्क नतिरी ल्याउन पाइने पनि कार्यालयले जनाएको छ ।​

श्रमस्वीकृति लिई १२ महिना काम गरेर फर्कने सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले जुनसुकै टेलिभिजन ल्याउँदा भन्सार तिर्नुनपर्ने र श्रम स्वीकृति लिएरै १२ महिना काम गरेका अन्यको हकमा ३२ इञ्चसम्मको टीभीमा मात्र भन्सार नलाग्ने पनि विज्ञप्तिमा जनाइएको छ । बाँकी सबै अवस्थामा टीभी तथा मोबाइलहरूमा भन्सार तिर्नुपर्छ । 

यसैगरी ५ हजारभन्दा माथि डलर ल्याएमा विमानस्थलमै स्वघोषणा गर्नुपर्ने र त्यसको अतिरिक्त शुल्क नलाग्ने पनि विज्ञप्तिमा जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २९, २०८०

जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहीन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन । ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

'क्लाइमेट चेन्ज' : नेपालजस्ता गरिब राष्ट्रको न्यायका लागि जलवायु कूटनीति सक्रिय बनाऔं

मंसिर २०, २०८०

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

x