×

दबाबमा नेपाल: १६ ओभर सकिँदा आधा खेलाडी आउट

काठमाडाैं | असोज १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतविरुद्ध २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल दबाबमा देखिएको छ। १६ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाएको छ । 

yONNEX
IME BANK INNEWS
Sagarmatha Cement

छैटौं विकेटमा रूपमा नेपालले सन्दीप जोरालाई गुमाएको छ । १२ बल खेलेका उनले २९ रन बनाए । 


Advertisment
RMC TANSEN
shivam ISLAND

नेपाल १४० रन बनाएर खेलिरहेको छ । अहिले सोमपाल कामी र गुल्सन झा क्रिजमा छन् । 


Advertisment
MAW JCB

यसअघि नेपालका दीपेन्द्र सिंह ऐरी व्यक्तिगत ३२ रन बनाएर आउट भए । १५ बल खेलेका उनले चार छक्का प्रहार गरे । यसअघि नेपालका कुशल भुर्तेल २८, कुशल मल्ल २९ र आसिफ शेख १० रन बनाएर आउट भएका थिए ।  कप्तान रोहित पौडेलले ३ रन मात्र जोड्न सके।

Vianet communication
Laxmi Bank

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो । 

भारतका लागि यसश्वी जैसवालले सर्वाधिक सय बनाए । ४९ बल खेलेका उनी १०० रन बनाएर आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरेका थिए । दीपन्द्रले दुई विकेट लिए । दीपेन्द्रले कप्तान रितुराज गायकवाडको विकेट लिएका थिए । 

यस्तै भारतका लागि रिंकु सिंहले ३७ रन बनाए भने शिवम दुवे र रुतुराज गायकवाडले समान २५ रन बनाए । 

चार बल खेलेका जितेश शर्मा ५ रन बनाएर आउट भए भने १० बल खेलेका तिलक वर्मा २ रनमै आउट भए । 

नेपालका लागि दीपेन्द्रले दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले समान एक/एक विकेट लिए । 

नेपालविरुद्ध खेल्न भारतले दोस्रो रोजाईको टोली पठाएको छ । भारतीय टोलीमा इन्डियन प्रिमियर लिग (आइपीएल) मा सानदार प्रदर्शन गर्दै आएका खेलाडी छन् । 

नेपाल समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै अन्तिम आठमा पुगेको हो । भारत भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो ।​ आजको विजेता टोली सेमिफाइनल पुग्नेछ । 

नेपालले टी-२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको हो। ओडीआईमा भने अघिल्लो महिना एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १९, २०८०

आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिको छिनोफानो आज (आइतबार) हुँदैछ । छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दै छ । दुई देशबीचको खेल ११ बजे बिहान टीयू क्रिकेट मैदानमा शुरू हुनेछ ।&nb...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x