कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
काठमाडाैं | असोज १६, २०८०
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्ने सांसदको सातो लिन खोजिएको आरोप लगाएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा समय लिएर ओलीले कांग्रेस सांसद डा. सुनिल शर्मा र स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई तर्साएर सांसदको सातो लिन खोजिएको ओलीले आरोप लगाए ।
‘क्विन्टलका क्विन्टल सुन तस्करी गर्ने पक्राउ पर्दैनन्, मेडिकल कलेज सञ्चालन गरेको एक सांसदलाई पक्राउ गरिन्छ । केही बोलेको आरोपमा अमरेशकुमार सिंहलाई पुर्जी काटियो, सम्पत्ति छानबिन गर्ने भनेर,’ ओलीले भने, ‘२०४६ सालको सर्टिफिकेट छानबिन थुनेर गर्नुपर्छ ? सांसदको पनि सातो लिने, कोही बोल्यो कि खबरदार सुनिल शर्मा बनाइदिन्छु भनेर ? यो सांसदको सातो लिन खोजेको होइन ?’
ओलीले मुस्कान खातुनमाथि एसिड आक्रमण गर्नेलाई आममाफी दिइएको भन्दै आपत्ति जनाए ।
‘फागुन १ गतेको उत्सव भनेर छाड्यो कि संविधान दिवसको नाममा ? अदालतले १० वर्ष फैसला गरेको व्यक्तिलाई सरकारले छाडिसक्यो, एसिड आक्रमण पीडितहरू आतंकित बनेका छन्,’ ओलीले भने ।
ओलीले देशको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको बताए । ‘निर्माण सम्पन्न आयोजनाको सरकारले भुक्तानी नदिँदा निर्माण व्यवसायीहरू बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा परेका छन्,’ ओलीले भने ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य गुमाए । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा आएको भूकम्पमा परेर उनले अधिकांश परिवारका सदस्य गुमाए । आमा सितली, भाउजू क...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...