कात्तिक २०, २०८०
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्नेच्युटको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका क्षेत्रका अधिकांश घरमा क्षति पुर्याएको छ । १५३ मानिसको मृत्यु भएको छ भने कतिपय पशु–चौपायालाई ...
मंगलवार दिउँसो गएको भूकम्पको असरले बझाङमा विद्यालयबाट फर्किरहेका विद्यार्थी र सडकमा काम गरिरहेका मजदुरहरू घाइते भएका छन् ।
भोपुरमा सुख्खा पहिलो र खस्दा ३–४ जना विद्यार्थी र जालेबगरमा ढुंगाले लागेर सडकमा काम गरिरहेका २ मजदुर घाइते भएका हुन् ।
विद्यार्थी र महदुरसहित १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।
विद्यार्थीहरूको खुट्टा र टाउकोमा चोट लागेको छ । उनीहरूको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
भूकम्पले घर, विद्यालयदेखि सडकसम्ममा क्षति पुगेको स्थानीय पत्रकार नरेन्द्र उपाध्यायले फेसबूकमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार भूकम्पले बझाङका अधिकांश ठाउँका घर भत्किएका छन् ।
जयपृथ्वी नगरपालिका– ४ मा नरीलाल जोशी, डल्लो जोशी र कविराज जोशीका घरका भित्ता भत्किएका छन् । पत्रकार उपाध्यायको पनि घर चर्किएको छ ।
साथै जयपृथ्वी–४ र सदरमुकाम चैनपुरमा स्टिल र टिनले छाएका अधिकांश पुराना घर बस्न नमिल्ने गरी चकिृएका छन् ।
यस्तै जयपृथ्वी राजमार्गका विभिन्न ठाउँमा सडक भत्किएको छ । कचाली खोलामा पहिलो जाँदा यातायात अवरुद्ध भएको छ । सेती नदी आसपासमा ढिस्काहरू भत्किएका छन् ।
यसैगरी भूकम्पका कारण बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ गोलाईमा विद्यालय भवन भत्किएको छ ।
मंगलवार दिउँसो आधा घण्टाको बीचमा दुईपटक भूकम्प जाँदा बालविकास माध्यमिक विद्यालय गोलाईको भवन भत्किएको हो ।
पहिलो धक्कालगत्तै विद्यार्थीहरूलाई घर पठाएकाले मानवीय क्षति हुन नपाएको तस्वीरसहित स्थानीय पत्रकार उपाध्यायले फेसबूकमा लेखेका छन् ।
पूर्ववडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन खातीले दिवा खाजा बनाउने घर भत्किएको जानकारी लोकान्तरलाई दिए ।
विद्यार्थीहरूलाई घर पठाइसकिएकाले चोटपटक लाग्न नपाएको उनले बताए ।
शुरूमा दिउँसो २ बजेर ४० मिनेट जाँदा ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको २६ मिनेटपछाडि ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
उपाध्यायका अनुसार शुरूको भूकम्पलगत्तै विद्यार्थीहरूलाई घर पठाइएको थियो । दोस्रोपटकको भूकम्पले भवन भत्किएको हो ।
बझाङमा गएको भूकम्पको धक्का काठमाडौंदेखि दिल्लीसम्म महसुस भएको छ । काठमाडौंमा ३ बजेर ८ मिनेट जाँदा धक्का महसुस भएको थियो ।
जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्नेच्युटको भूकम्पले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका क्षेत्रका अधिकांश घरमा क्षति पुर्याएको छ । १५३ मानिसको मृत्यु भएको छ भने कतिपय पशु–चौपायालाई ...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
२०७२ वैशाख १२ मा गोरखा बारपाकपछि शुक्रवार राति जाजरकोटलाई केन्द्र बनाएर अर्को ठूलो मानवीय क्षति पु¥याउने भूकम्प गएको छ । ७२ सालको विनाशकारी भूकम्पमा परी ९ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । वि...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...