२६ जेठ २०८३, मंगलबार
खसीबोका र च्याङ्ग्राको दशैं बजार

खाद्य कम्पनीमा खसी-च्याङ्ग्रा व्यापार : तुलनात्मक सस्तो हुँदा छैन मन्दीको असर [फोटो/भिडियो]

कात्तिक २, २०८०
काठमाडौं
खाद्य कम्पनीमा खसी-च्याङ्ग्रा व्यापार : तुलनात्मक सस्तो हुँदा छैन मन्दीको असर [फोटो/भिडियो]

तुलनात्मक रूपमा सस्तोमा उपलब्ध भएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खसीबोका तथा च्याङ्ग्राको व्यापार अपेक्षित ढंगले नै भइरहेको पाइएको छ ।

नेपालीहरूको महान चाड दशैंलाई लक्षित गरेर लिमिटेडले खसीबोका तथा च्याङ्ग्रा बिक्रीमा राखेको हो । समग्र बजारमा आर्थिक मन्दीको असर देखिए पनि खाद्य कम्पनी भने त्यसबाट अलग देखिएको हो ।

null

असोज ३० गतेदेखि नै थापाथलीस्थित कम्पनीको प्रांगणमा खसीबोका र च्याङ्ग्रा बेच्न थालिएको छ, जसमा जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १२६० तय गरिएको छ भने १० रुपैयाँ प्रतिकेजी छुट उपलब्ध छ ।

भक्तपुरको सल्लाघारीमा १३०० रुपैयाँ प्रतिकेजीमा च्याङ्ग्रा बिक्री भइरहेको छ ।

खसीबोकातर्फ ६८० प्रतिकेजी मूल्य तय गरिएको र यसमा पनि १० रुपैयाँ प्रतिकेजी छुट दिइएको कम्पनीले जनाएको छ ।  

रसुवा जिल्लाबाट काठमाडौंसम्म च्याङ्ग्रा ल्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्रीमा मन्दीले खासै असर नपरेको बताएको छ ।

null

बाहिरी बजारभन्दा सस्तोमा उपलब्ध भएकाले खाद्य कम्पनीमा व्यापार अपेक्षित ढंगले भइरहेको हो ।

लिमिटेडकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले व्यापारमा मन्दीको खासै असर नपरेको लोकान्तरसँग बताइन् ।

बजार मूल्यमा हस्तक्षेप गर्न भनेर खा लामो समयदेखि दशैंको अवसरमा खसीबोका र च्याङ्ग्रा बेच्दै आएको छ ।

हेर्नुहोस्, भिडियो :

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्