×

NMB BANK
Dabur

भिजिट भिसामा विदेश पठाउन नक्कली कागजात बनाएको आरोपमा थप ४ जना पक्राउ

काठमाडाैं | कात्तिक २०, २०८०

NTC
फाइल फोटो
Premier Steels
Marvel

भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Sagarmatha Cement

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२, घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका–१० भई काठमाडौं बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रवक्ता रेग्मीका अनुसार भिजिट भिसामा विभिन्न देशमा पठाई दिने भनी नक्कली कागजात बनाउने कार्यमा संलग्न बलबहादुर रावतसमेत चार जनालाई यही कात्तिक १८ गते पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको थियो । 


Advertisment
SBL

उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने देखिएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । ​

Vianet communication
Laxmi Bank

निजहरूलाई विभिन्न व्यक्तिहरूका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप २ सय ३० थानसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी लिखतसम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।​

आइतवार मात्रै उक्त कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले नवलपुर मध्यविन्दु नगरपालिका–५ घर भएका ४५ वर्षीय जयराम श्रेष्ठ, गोर्खा सिरन चोक गाउँपालिका–८ घर भई हाल टोखा बस्ने ३४ वर्षीय भक्तबहादुर थापा, काठमाडौँ महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीय दीपक केसी तथा सल्यान रामपुर कालीमाटी गाउँपालिका–३ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–इचङ्गुनारायण बस्ने ४२ वर्षीय बलबहादुर रावतलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

प्रथम प्रधान न्यायाधीशमा हरिप्रसाद प्रधानको नियुक्ति: अपरिहार्यता कि अरू केही ?

फागुन ४, २०८०

“तर प्रधान न्यायालयका प्रधान न्यायाधीश वा न्यायाधीशहरूको पदमा नियुक्त गर्न लायक नेपालका नागरिक नपाइएको अवस्थामा गैरनागरिक पनि नियुक्त हुनेछन् ।१” यो नेपालको अन्तरिम शासन विधान, २००७ को त्यही व्यव...

x