बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार शुरू भएदेखि नै फूलबारीमा ग्राहक आफैं पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी उत्साहित छन् ।
यतिबेला हाम्रो आधुनिक कृषि फार्म रामपुर पाल्पामा सयपत्री फूल खरिद गर्न विभिन्न ठाउँबाट ग्राहक पुग्ने गरेका छन् । तिहारको चहलपहलले फूल टिप्ने र बिक्री गर्दैमा समय बितेको पत्तो नभएको व्यवसायी दिलबहादुर थापा बताउँछन् ।
“तिहार शुरू भएदेखि नै फूलमाला खरिद गर्न ग्राहक आउन थाल्नुभएको हो, बिहानदेखि साँझसम्म फूलवारीमा फूल टिप्ने, माला तयार पार्ने कार्यमा व्यस्त छौँ, फूलमालाको व्यापार राम्रो हुँदै गएको छ”, उनले भने
यसपटक मात्रै करिब रु चार लाखसम्मको फूलमाला बिक्रीबाट आम्दानी हुने व्यवसायी थापाले बताए । गत वर्षको तिहारमा मात्रै रु. दुई लाख ५० हजार बराबरको आम्दानी भएको उनको भनाइ छ ।
चार वर्षअघि रामपुर नगरपालिकाको सहयोगमा बुटवलमा एक हप्ते पुष्प व्यवसायसम्बन्धी तालिम लिएर रामपुरमा व्यावसायिक उत्पादन शुरू गरेको उनले बताए ।
फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादनलगायतका सम्बन्धमा ज्ञान सीप पाएपछि नयाँ ढङ्गबाट उनले व्यावसायिक रुपमा खेती गरेका छन् ।
करिब १५ मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफूमात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उनको सपना छ ।
एक वर्षमा तीन पटकसम्म सयपत्रीको व्यावसायिक खेती गर्न सकिन्छ । तिहारमा फूलमालाको अभाव हुन नदिनका लागि हरेक वर्ष क्षेत्रफल बढाएर खेती गरिरहेको अर्का व्यवसायी लालबहादुर थापाले बताए ।
उनले भने, “हरेक वर्ष तिहारमा फूल अभाव भएर धेरै ग्राहकलाई रित्तै पठाउनुपरेकाले अहिले व्यवसाय बढाएर खेती गरिरहेकाले यो वर्षको तिहारमा फूल अभाव हुँदैन, प्रशस्त मात्रामा फूल छन्, जतिबेला पनि ग्राहकलाई हामी उपलब्ध गराउनेछौँ” ।
यहाँ उत्पादन भएको सयपत्री फूल प्रतिकिलो रु. पाँच सय, प्रतिमाला रु. एक सय ५० मा धमाधम बिक्री भइरहेको छ । गुणस्तरीय फूलमाला पाएपछि ग्राहक सन्तुष्ट छन् ।
करिब साढे चार रोपनी जग्गामा लगाइएको फूल यतिबेला ढकमक्क पहेँलै फुलेका छन् । परीक्षणका रुपमा एक रोपनीमा शुरू गरेको व्यवसायले पहिलो वर्षमा नै राम्रो व्यापार भएपछि यसलाई निरन्तरता दिँदै हरेक वर्ष व्यावसाय बढाउँदै गएको व्यवसायी बताउँछन् । फूलमा बसेर फोटो, भिडियो, टिकटक बनाउने हरेक उमेर समुहको चहलपहल पनि उत्तिकै छ ।
रामपुर नगरपालिकामा हाम्रो आधुनिक कृषि फार्मले मात्रै सयपत्री फूलको व्यवसाय शुरूआत गरेको छ । यसकारण पनि यहाँ उत्पादन भएको फूल रामपुर नगरपालिकाभित्र हुने विभिन्न सभा, समारोह, कार्यक्रम, विवाह, व्रतबन्धलगायतका कार्यमा राम्रै खपत हुने गरेको छ ।
स्थानीयस्तरमा नै माग धेरै आएकाले बाहिरी बजारमा फूलमाला नपठाउने व्यवसायीको सोच छ । नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई व्यवसायीले पहिलो प्राथमिकता दिएका छन् ।
पछिल्लो समय विभिन्न संघ संस्था, विद्यालयमा दीपावली, शुभकामना आदानप्रदानजस्ता कार्यक्रम गर्ने लहरले तिहार शुरू हुनु अघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् ।
फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ ।
‘हाइब्रिड’ जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फूल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री फूललाई व्यवसायीकरण र संरक्षण गर्दै रामपुर नगरपालिकाले प्रोत्साहनस्वरुप विभिन्न अनुदानका कार्यक्रम सहयोग गरेको छ ।
यहाँ जुनसुकै समयमा पनि सयपत्री फूल उपलब्ध हुने गरेको छ । हाम्रो आधुनिक कृषि फार्ममा प्रविधि सिकेर यस वर्ष विभिन्न विद्यालयमा शिक्षक, विद्यार्थीले सयपत्री फूलखेती शुरू गरेका छन् । यो वर्ष रामपुरमा विगतका वर्षमा जस्तो तिहारमा सयपत्री फूलमालाको अभाव नहुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...