×

सरकारको आयुबारे ओलीको टिप्पणी

देउवाको गृहजिल्लाबाट ओलीको भविष्यवाणी– खुट्टा नभएको सरकार आफैं ढल्छ

काठमाडाैं | मंसिर १५, २०८०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जुनसुकै बेला ढल्न सक्ने टिप्पणी गरेका छन् । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत शुक्रबार डडेलधुराको अमरगढीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको जग नै कमजोर भएकोले जुनसुकै बेला ढल्न सक्ने टिप्पणी गरेका हुन् । डडेलधुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत हो ।

Laxmi Bank

विभिन्न कारणले देश समस्या परेको उनको भनाइ थियो । 'कर्मचारीलाई तलब खुवाउन समस्या परिरहेको छ । उद्योगहरू बन्द हुँदै गएका छन् । देशलाई अब बढी बर्वाद हुन दिनु हुँदैन,' उनले भने, 'यो सरकार कसैले ढाल्नु पर्दैन । आफैं हल्लिरहेको छ । यो खुट्टा भएको सरकार नै होइन । छेस्का ठड्याएर बनाइएको छ । यो आफैं ढल्न पनि सक्छ ।' 


Advertisment

राजतन्त्रका पक्षमा भइरहेको आन्दोलनलाई लक्षित गर्दै उनले देश अब पछाडि फर्किन नसक्ने ठोकुवा गरे ।  'प्रतिगामी तत्वहरू १५ वर्षअघि मरेको राजतन्त्रको चिहान खनेर फेरि ल्याउँछु भनेर कुदेका छन् । भूतप्रेतवादी तत्वहरू सक्रिय भएका छन्,' उनले भने, 'देश अब पछाडि फर्किन सक्दैन, अब अगाडि बढ्छ ।'


Advertisment
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

शुभ विजया !

शुभ विजया !

असोज २६, २०८१

आज विजया दशमी । नेपालीहरूको महान् चाड दशैं पर्वको अन्तिम दिन । मान्यजनहरूबाट माता भगवतीको प्रसाद टीका तथा जमरा र आशीष थाप्ने दिन । कतै–कतै यसपछि आउने पूर्णिमासम्म पनि टीका लगाएर आशीष लिने गरिन्छ ...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

x