×

विराटनगर महानगरमा स्थानीयले लगाए ताला, यस्तो छ कारण

विराटनगर | मंसिर २१, २०८०

विराटनगर महानगरपालिकाको कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।

Laxmi Bank

विराटनगर– ७ सातघुम्तीको कवाडी गोदाममा आगलागी नियन्त्रणका लागि महानगरले दमकल ढिलो पठाएको भन्दै उनीहरूले महानगरमा तालाबन्दी गरेका हुन् ।​


Advertisment

बुधवार दिउँसो भएको आगलागीमा तीन जनाको मृत्यु भएको थियो । ३ जना घाइतेको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।


Advertisment

आगलागीको खबर तत्कालै महानगरपालिकालाई दिएको भए पनि ४५ मिनेटपछि मात्रै दमकल पठाएको उनीहरूको आरोप छ ।

४५ मिनेट पछाडि घटनास्थलमा पुगेको दमकलमा पानी नभरी पठाएको भन्दै बिहीवार बिहानैदेखि स्थानीय आक्रोशित बनेका हुन् । एम्बुलेन्ससमेत समयमा महानगरपालिकाले नपठाएको स्थानीयले आरोप लगाएका छन् ।

आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र अर्का एक जना महिलाको बुधवार नै मृत्यु भएको थियो ।

काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा विराटनगर ६ की सुनिता कामतको गए राति मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

एक जनाको जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमै शव फेला परेको थियो । 

त्यो शव विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको रहेको खुलेको छ । यसअघि प्रहरीले पासवान घाइते भएको बताएको थियो । तर ती घाइते सुनिता कामत रहेको पुष्टि भएको छ ।

घाइते अवस्थामा नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएका चार जनामध्ये कामतको मृत्यु भएको हो । अन्य तीन घाइतेको उपचार भइरहेको छ ।

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x