कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडाैं | मंसिर २१, २०८०
सरकारले खानेपानी महसुल निर्धारण आयोगको अध्यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को बिहीवारको बैठकले गौतमलाई चार वर्षका लागि आयोगको अध्यक्षमा नियुक्त गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
देशभरको खानेपानी र सरसफाइको महसुल निर्धारणको जिम्मा पाएको आयोगको दुई सदस्यमा यशोदा कार्की र कुलभूषण शर्मा नियुक्त भएका छन् ।
यसअघि कार्यकर्ता भर्तीको केन्द्र बनेको महसुल निर्धारण आयोगमा सरकारले पहिलोपटक सम्बन्धित क्षेत्रको विज्ञ व्यक्ति नियुक्त गरेको छ ।
आयोगको अध्यक्षमा नियुक्त भएका गौतमले ३० वर्ष ललितपुर महानगरपालिकामा खानेपानी र सरसफाइको क्षेत्रमा काम गरेका थिए । महानगनरपालिकाको हेडअर्फ डिमार्टमेन्ट रहिसकेका गौतमले केही समय अगाडि मात्र अवकाश पाएका थिए ।
हाल काठमाडौं उपत्यका मेयर्र फोरमको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका गौतमले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा प्रबन्ध निर्देशनको रुपमा काम गरेका थिए ।
खुला प्रतिस्पर्धाबाट म्यानेजरको रुपमा समेत गरी उनले केयूकेएलमा दश वर्ष काम गरेका छन् । खानेपानी संस्थान फुटेर बनेको काठमाडौं भ्याली व्यवस्थापन बोर्डमा पनि संस्थापको रुपमा उनले काम गरेका थिए ।
इन्जिनियर गौतमले मेलम्ची खानेपानीको व्यवस्थापनको विषयमा पनि काम गरेका थिए । ‘अहिलेसम्म खानेपानी महसुल निर्धारण आयोग कामकाजी बनेको थिएन, पहिलो पटक व्यावसायिक र विज्ञ व्यक्ति नियुक्त भए पनि यसले गति लिने अपेक्षा गरेका छौं’ खानेपानी तथा सरसफाइ मन्त्रालय स्रोतले भन्यो ।
खानेपानी संस्थाले गरेको मूल्य प्रस्ताव र पानीको गुणस्तर हेरेर आयोगले मूल्य निर्धारण गर्ने गर्दछ । देशभर खानेपानीको गुणस्तरको अनुगमनको जिम्मा पनि समितिलाई दिइएको छ ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...