×

लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी

नवलपरासी | मंसिर २१, २०८०

लुम्बिनी प्रदेश प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेको बताएका छन् ।  

Laxmi Bank

पश्चिम नवलपरासीको सुनवलमा आजदेखि सुरु तेस्रो सुनवल महोत्सवको उद्घाटन गर्दै मन्त्री चौधरीले लुम्बिनीमा धेरै विदेशी लगानीकर्ता लगानी गर्न चाहेको उल्लेख गर्दै त्यसका लागि जग्गा व्यवस्थापनको काम भइरहेकाले निजी क्षेत्र र सरोकारवालासँग संवाद गरी वातावरण तयार गरिने बताए । 


Advertisment

त्यस अवसरमा मुख्यमन्त्री चौधरीले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न प्रदेश सरकार तयार रहेको बताए । विश्वभरिका पर्यटकलाई लुम्बिनीमा भित्र्याई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको बातावरण तयार गर्न प्रदेश सरकार अघि बढेको उनको भनाइ थियो । 


Advertisment

मुख्यमन्त्री चौधरीले स्थानीयस्तरमा आयोजना हुने मेला महोत्सवले स्थानीय कला, संस्कृतिको पहिचानलाई प्रवर्द्धन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । 
पहाडमा उत्पादित सामग्री नाकासम्म ल्याउनका लागि पर्यटकीय स्थलमार्गको विकासमा जोड दिन सकेमात्र आर्थिक समृद्धिको बाटोमा हिँड्न सकिने उनको भनाइ थियो । लुम्बिनी प्रदेश सरकारले वार्षिक दुई लाख युवालाई रोजगारी दिनेगरी सोहीअनुरुपका योजनामा प्रदेश सरकार लागिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिए । 

बुद्ध सर्किटलाई जोड्ने गरी पर्यटन प्रवर्द्धनका लागिसमेत लगानीका लागि विश्व बैंक र एसियाली विकास बैंकसँग निरन्तर छलफल गरी ठूलो लगानीको योजना बनाएको चौधरीले उल्लेख गरे । 

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x