×

NMB BANK
NIC ASIA

गजलकार घनश्याम परिश्रमीलगायतका स्रष्टा नगदसहित सम्मानित

काठमाडाैं | माघ २७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मुक्तिनाथ दर्शन साहित्य समाजले गजल विद्वच्छिरोमणि घनश्याम परिश्रमीलगायतका स्रष्टाहरूलाई सम्मान गरेको छ ।

Muktinath Bank

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समाजको तेस्रो स्थापना दिवस एवं स्रष्टा सम्मान कार्यक्रममा परिश्रमीलाई जीवनाथ साहित्य उद्वोधनबाट सम्मानित गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ साहित्यकार गोपी मैनालीले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, वरिष्ठ पत्रकार गान्धीराज काफ्लेलाई– शेरबहादुर स्मृति पत्रकारिता सम्मान, मुक्तककार सुनिल अधिकारीलाई – खड्गध्वज–गंगादेवी स्मृति सम्मान, चार वृदका अनुवादक तीलकप्रसाद लुुइँटेललाई – (मरणोपरान्त) तुजाखग स्मृति सम्मान, लघुकथाकार राजन सिलवाललाई – पद्यदीपा पौडेल स्मृति सम्मान, लघुकथाकार ममता मृदुललाई – हरिभक्त सिग्देल ‘महेश’ प्रतिभाबाट सम्मान गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

यस्तै, कवि अम्बिका भण्डारीलाई –  खड्गबादुर स्मृति स्ममान, कोपिला अभियन्ता गिरिराज डल्लाकोटीलाई – जीवनाथ जमकटेल स्मृति सम्मान, बालप्रतिभा चक्षु भट्टराईलाई – मीना सिग्देल बालप्रतिभा सम्मान, गजलकार देवी पन्थीलाई – दीनानाथ देवकुमारी स्मृति सम्मान, सुसेली अभियन्ता दुर्गा अधिकारी भभरकोटेलाई – टीकाप्रसाद नारायणीबाट सम्मान गरिएको समाजले जनाएको छ ।

Vianet communication
Laxmi Bank

null

यस्तै, सोही कार्यक्रममा पत्रकार विनोद दाहाल ‘बत्स’लाई – आनन्ददेव भट्ट स्मृति साहित्यिक पत्रकारिता सम्मान, देवबेदाङ्ग विद्याश्रम बनकालीलाई – मीना खरेल स्मृति सनातन धर्मसम्बर्धन सम्मान, प्रा पं देवराज उपाध्यायलाई – रामप्रसाद रुद्रकमारी स्मृति सनातन वैदिक धर्म संरक्षण सम्मान, महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेलाई – हरिराज हरिप्रिया स्मृति साहित्य सम्मान, कथाकार विजयध्वज थापालाई – सूर्यबहादुर विष्णुकमारी साहित्य उन्नयन सम्मान, वरिष्ठ कथाकार बाजुराम पौडेललाई – महेश्वरलाल शारदा स्मृति साहित्य सम्मान र मुक्तककार मदन नेपाललाई मनोरञ्जनरमण साहित्य उन्ननयन सम्मान अर्पण गरिएको थियो ।

सम्मानित सबै स्रष्टालाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको थियो ।

समाजका अध्यक्ष वरिष्ठ कवि कलानिधि दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजका सल्लाहकार प्राडा अर्जुनदेव भट्टले स्वागत मन्तव्य राखेका थिए भने बटुकहरूले बेदोच्चरणसाथ स्वस्ति वाचन गरेका थिए ।

यस्तै, समाजका संरक्षक एवं एक मात्र आध्यात्मिक चिन्तन अभियन्ता हरिभक्त सिग्देल ‘महेश’ले सम्मानित व्यक्तित्वहरूको योगदानका विषयमा संक्षिप्त प्रकाश पारेका थिए ।​

null

त्यस्तै वरिष्ठ समालोचक तथा लघुकथाका विशिष्ट साधक युवराज मैनालीले समाज र साहित्य अभियानका विषयमा विश्लेषण गरेका थिए ।

सम्मानित हुने स्रष्टाहरूका तर्फबाट घनश्याम परिश्रमी, दुर्गा भभरकोटे, बाजुराम पौडेल र बालप्रतिभा चक्षु भट्टराईले आ-आफ्नो मन्तव्य राखेका थिए ।

समारोहमा सुसेली अभियन्ता दुर्गा भभरकोटेले उत्कृष्ट एक सुसेली सर्जकलाई वार्षिक रुपमा प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका थिए। साथै उनले समाजका अध्यक्ष कलानिधि दाहाललाई ५० हजारको चेकसमेत हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार गोपी मैनालीले नेपाली साहित्य र विश्व साहित्यको प्रवृत्ति विश्लेषण गरेका थिए । साथै समाजले स्रष्टालाई सम्मान गरेर आफ्नो उचाइ बढाएकोप्रति उनले खुसी व्यक्त गरे । सम्मानित स्रष्टाहरूलाई आगामी दिनमा पाठकको स्वाद र कलाको सिद्धान्तमा रहेर गहकिला सिर्जना गर्न पनि मैनालीले आग्रह गरेका थिए ।​​​

भैरवी भूगोलले सञ्चालन गरेको कार्यक्रममा मुक्तककार निर्मल पराजुली, सुशीला शर्मा, महेशप्रसाद रिजाललगायतका स्रष्टाहरूले आफ्नो सिर्जना वाचन गरेका थिए ।​​

कार्यक्रममा वरिष्ठ नियात्राकार रामप्रसाद पन्त, वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारी, प्राडा प्रयागराज वाशिष्ठ, साहित्यकार विष्णु पन्त, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, वरिष्ठ साहित्यकार निर्मल पराजुली, कल्पना दाहाल, पार्वती अधिकारी, विन्दु अधिकारीलगायत साहित्यकारहरूको उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x