कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
काठमाडाैं | फागुन ११, २०८०
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोराको भड्किलो बिहे भोजबारे संसद्मा कुरा उठेको छ ।
सामाजिक सुधार ऐनमा ५१ जनाभन्दा धेरै जन्ती ल्याउन नहुने भए पनि सत्ताको आडमा प्रचण्ड र देउवाले कानून उलङ्घन गरेका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आरोप लगाए ।
शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले सामाजिक सुधार व्यवहार ऐनमा ५१ जनाभन्दा बढीलाई विवाहमा आमन्त्रण गर्न नहुने र सो कानून उलङ्घन गर्नेलाई २० हजार जरिवाना र १५ दिन कैद गर्ने व्यवस्था भए पनि ठूलाले कानून उलङ्घन गरेको आरोप लगाएका हुन् ।
‘भर्खर प्रधानमन्त्रीको नातिनीको विवाह भोजमा हजारौंको सहभागिता रहेको थियो । सत्ता गठबन्धनका सभापति शेरबहादुर देउवाका छोराको विवाह भोज सोल्टी होटलमा १० दिन चलेको थियो । आर्मी अफिसर्स क्लबको भोजमा ५१ जना मात्र थिए कि बढी थिए ?’, सांसद सिंहले प्रश्न गरे ।
गत मंसिरमा प्रचण्डकी नातिनी एवं भरतपुर महानगरकी मेयर रेनु दाहालकी छोरी प्रतिभाको विवाह भोज गोकर्ण रिसोर्टमा गरिएको थियो ।
देउवा पुत्र जयवीरको विवाह गत माघ २३ गते सोल्टी होटल र भोज आर्मी अफिसर्स क्लबमा भएको थियो ।
ठूला नेताले कानून उलङ्घन गरिरहेको उनले आरोप लगाए ।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...