×

NMB BANK
NIC ASIA

सन्दर्भ : अमेरिकाको आसन्न चुनाव

ट्रम्प पुन: अमेरिकाको राष्ट्रपति बनेको देख्न चाहन्छ रुस ?

काठमाडाैं | फागुन १६, २०८०

NTC
Sarbottam
Photograph by Brendan Smialowski / AFP / Getty
Premier Steels
Marvel

यस वर्षको अमेरिकी राष्ट्रपति चुनावमा दुवै अनुमानित उम्मेदवारहरूमा स्पष्ट कमजोरी देखिएका छन् । तिनै कमजोरीहरूले दुवैका लागि प्रतिकूल वातावरण सिर्जना गरिरहेका छन् । 

Muktinath Bank

बढ्दो बुढ्यौली र संज्ञानात्मक कमजोरी जो बाइडेनको आलोचना हुनुको मुख्य कारण हो भने डोनाल्ड ट्रम्पलाई प्रजातन्त्र र अमेरिकाको राष्ट्रिय हितका लागि खतराको रूपमा लिने गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले तानाशाहको प्रशंसा गर्छन् भनी आठ वर्षअघि डेमोक्र्याटहरूले पटक-पटक आक्रमण गर्ने गर्थे । उनीहरूको तर्क थियो, 'ट्रम्पले तानाशाह लाद्ने सपना देख्छन् र अमेरिकी गठबन्धनका अन्य देशहरूलाई घृणा गर्छन् । ट्रम्पले वाशिङ्गटनको सम्पूर्ण विदेश नीतिलाई परिमार्जन गर्न चाहन्छन् ।'


Advertisment
Nabil box
Kumari

यद्यपि यति धेरै नकारात्मक प्रचारका बावजुद पनि ट्रम्पले चुनाव जितेर देखाइदिए । त्यतिबेलाको निर्वाचनमा उनको पक्षमा रुसले गरेको हस्तक्षेपबारे विस्तृत विषयवस्तु बाहिर आएको छैन तर कुनै न कुनै हिसाबले रुसको प्रभाव परेको अमेरिकी र रुसी राजनीतिज्ञहरूले स्वीकारेका छन् ।

Vianet communication
Laxmi Bank

अहिले अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरूले ट्रम्प पुनः ह्वाइट हाउस प्रवेश गर्नु भनेको क्रेमलिनको विजय हो भन्ने तर्क गरिरहेका छन् । हामीले औपचारिक रूपमा त्यो दृष्टिकोण स्थापित गर्न सक्दैनौं तर एउटा अपेक्षा के हो भने ट्रम्पको दोस्रो कार्यकालमा उनले धेरै परिस्थिति सुधार गर्नेछन् ।

यस्तै धारणा २०१६-१७ मा ह्वाइट हाउसमा उनको पहिलो उपस्थितिको पूर्वसन्ध्यामा र अफिस सम्हालेलगत्तै बनाइएको थियो । यद्यपि अमेरिका-रुस सम्बन्ध वास्तवमा तीव्र रूपमा बिग्रियो । जे होस्, ट्रम्प आफैंले मस्कोसँग आफू जत्तिको कठोर कोही नभएको दोहोर्‍याएर थाकेनन् ।

त्यतिबेला ट्रम्पले लिएको नीतिअनुरुप रुसविरुद्ध नाकाबन्दी र अन्य प्रतिबन्धहरूको संख्याले इतिहासकै रेकर्ड तोड्यो । त्यसपछि ह्वाइट हाउस छिरेका बाइडेनका लागि ती प्रतिबन्धहरू 'ड्राइ रन' अर्थात् निल्नु न ओकल्नु बनेका छन् ।

त्यसो भए, यदि ट्रम्प आगामी नोभेम्बरमा हुने निर्वाचनमा राष्ट्रपति हुन सफल भएदेखि रुसले उनीबाट के आशा गर्न सक्छ त ? व्यावहारिक दृष्टिकोण र जीवन अनुभवको हिसाबले ट्रम्प एक व्यापारी र एक उद्यमी हुन्, वास्तवमा उनी एक व्यक्तिगत उद्यमी हुन् ।

उनले आफ्नो जीवनभर पारिवारिक व्यवसाय चलाएका छन्, जहाँ उनले सबै निर्णयहरू गर्छन् र आफ्ना कर्मचारीहरूले विनाशर्त आफ्नो निर्देशन पालना गर्ने अपेक्षा गर्छन् ।

उनको ब्रह्माण्डको केन्द्रमा उनी मात्र छन् । तर अब उनले अमेरिकाका लागि पनि आफ्नो हृदयमा ठाउँ बनाएका छन् । 'मेक अमेरिका ग्रेट अगेन' भन्ने नाराको कार्यान्वयनमार्फत उनले आफू अमेरिकी इतिहासमै सबैभन्दा महान राष्ट्रपति बन्ने अठोट राखेको देखिन्छ ।

रुस लगायतका अन्य देशहरूले यतिबेला ट्रम्पप्रति थोरै मात्र चासो राखेका छन् । ट्रम्पको दिमागमा भने यी देशहरू केवल आफ्नो मुख्य लक्ष्य प्राप्त गर्न मद्दत गर्ने उपकरणहरू हुन् ।

पूर्व राष्ट्रपतिको व्यावसायिक मानसिकता एक मूल्यवान गुण हो । व्यवसायी जतिसुकै कडा किन नहोस्, उसको काम नाश गर्ने होइन, नाफाको दर बढाउने हो, नत्र भने व्यवसायले नै आफ्नो अर्थ गुमाउँछ । 

ट्रम्प लामो समयदेखि (सम्भवतः जिमी कार्टरपछि) एक नयाँ सैन्य अभियान शुरू नगर्ने पहिलो अमेरिकी राष्ट्रपति थिए । उनले अपनाएको 'डरलाग्दो' विदेशनीति र बयानबाजी, आफ्ना विरोधीमाथिको निन्दा र आक्रमणबाट उनी सधैं सावधानीपूर्वक पछाडि हटेका छन् । 

उनी सतर्क छन् र बुझ्न नसकिने जटिलताहरूले भरिएको परिस्थितिमा हस्तक्षेप गर्न अनिच्छुक छन् ।

अन्तर्राष्ट्रिय क्षेत्रमा यस्ता रणनीतिहरूको प्रभावकारिता सामान्यतया शंकास्पद हुन्छ । तर जहाँ ट्रम्पले चासो देखाउँछन्, त्यो चासो चीन र युरोपेली नाटो सदस्यहरूसँगको सम्बन्धमा देखिएको उनको चासोको रूपमा अभिव्यक्त हुने गर्छ । 

ट्रम्पले अपनाएका धेरै नीतिमध्ये अमेरिकी बजारमा विदेशी उत्पादनको पहुँचका लागि ट्रम्पले निर्धारण गरेका शर्त र अमेरिकाको सुरक्षाका लागि भुक्तान गर्नुपर्ने रकम दुवैको प्रमुख उद्देश्य पैसा कमाउनु थियो । ट्रम्प यसअघि दुवै मोर्चामा अघि बढ्न सफल भएका थिए ।

तर पहिलो कुरा के हो भने रणनीतिक साझेदार देशहरूबीचको सम्बन्ध र भूराजनीतिक हिसाबकिताबसँग जोडिएका जटिल समस्याहरूलाई वित्तीय स्तरमा मात्र समाधान गर्न सकिँदैन ।

जस्तै, ट्रम्पले उत्तर कोरिया र केही हदसम्म रुसका लागि आफ्नो गैर-वित्तीय दृष्टिकोण स्पष्ट गरेका थिए । तर आफ्नो स्वभाव र छविविपरीत ट्रम्प दुवैसँग सतर्क छन् । उनी 'डु नट हार्म (कुनै हानी नगर)'को सिद्धान्तमा अडिग छन् ।

ट्रम्पलाई लगाइएको अलगाववादको आरोपको प्रमुख आधार अन्य देशमा घटिरहेको घटनाप्रति ट्रम्प उदासीन छन् भन्ने हो ।

ट्रम्पमाथि यस्तो आरोप लगाउनेहरू संगठित छन् । यो आरोपले आधुनिक अमेरिकाको सम्पूर्ण राजनीतिक-वैचारिक संरचनामाथि प्रश्न उठाएको छ । ती संरचनाहरू परम्परागत मूल्यमान्यताको विस्तारमा आधारित छन् र तिनै संरचनाले अन्य देशलाई अमेरिकी नेतृत्वको व्यवस्थामा ल्याउने प्रयास गरिरहेको छ ।

यस दृष्टिकोणको इतिहास बाइबलको च्याप्टर ५-७ मा रहेको 'सर्मन अन द माउन्ट (पर्वतमाथि उपदेश)'सम्म पुग्छ । तर यो पहिले कहिल्यै निर्विवाद बन्न सकेको छैन ।

यो अमेरिकाको पूर्ण शक्तिद्वारा समर्थित दृष्टिकोण हो र विश्वव्यापी युगमा छ । यो दृष्टिकोणको स्वयंसिद्धतालाई चुनौती दिने प्रयास नै ट्रम्पको विदेश नीति प्रवृत्तिमाथि हुने आक्रमणको मुख्य कारण हो ।

मस्कोले ट्रम्पलाई समर्थन गर्छ भन्ने विश्वास गर्नेहरू पूर्णतया गलत छैनन् ।  तर उनीहरू खाटी रूस समर्थक पनि होइनन् ।

यदि सम्भावित रिपब्लिकन उम्मेद्वार (ट्रम्प)ले अन्ततः जिते भने त्यहाँ दुई सम्भावित परिदृश्यहरू हुनेछन् । पहिलो, वाशिङ्गटनको आन्तरिक राजनीतिमै द्वन्द्व देखिनेछ जसमा धेरै ऊर्जा अन्तर-पार्टी संघर्षमा खर्च गरिनेछ । यसले रुसलाई फाइदा गर्छ, किनभने 'दुश्मन' आन्तरिक द्वन्द्वमा व्यस्त रहनेछ ।

अत्यन्त प्रतिकूल परिस्थितिका बावजुद पनि यदि ट्रम्पले ह्वाइट हाउसमा दोस्रो पुनरागमन गरे भने अमेरिकाको ग्लोबल पोजिसन साँच्चिकै परिवर्तन हुनेछ । जसले विश्वका अन्य देशहरूका लागि नयाँ अवसर छनोट गर्ने सुविधा दिनेछ ।

रुसको ग्लोबल अफेयर्सका प्रधान सम्पादक फ्योदोर लुक्यानोभले गरेको विश्लेषणलाई लोकान्तरका ईश्वर अर्यालले भावानुवाद गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x