मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा वैचारिक छलफलका लागि एउटै दस्तावेज प्रस्तुत निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीवार सम्पन्न मस्यौदा समितिको बैठकमा पार्टीलाई अझ सुदृढ तथा एकीकृत गर्न एउटै दस्तावेज छलफलमा लैजाने सर्व सम्मतिले निर्णय गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अब केही नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्तावेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गरिने छ ।
यही फागुन १५ गतेदेखि बिहीवारसम्म केन्द्रीय कार्यालयमा भएको बैठकमा पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, सङ्गठनात्मक कार्यदिशाबारे गहन छलफल भएको थियो । देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता र सद्भाव प्रवर्द्धनलाई दस्तावेजमा समेटिने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।
महाधिवेशनमा विधान सम्मेलनमा पारित प्रतिवेदन, राजनीतिक, आर्थिकलगायत प्रतिवेदनमा थप छलफल गरिने छ । मस्यौदामा सुझाव सङ्कलन गर्न जिल्ला तहका कार्यकर्तालाई मस्यौदा पठाइसकिएको छ ।
उनीहरूका सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिस्थितिकासमावेश गरिने छ । दस्तावेज तयारीका लागि पार्टीले अध्यक्ष नेपालको नेतृत्वमा २७ सदस्यीय समिति गठन गरेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपालीमा एउटा भनाइ छ– ‘सानालाई ऐन ठूलालाई चैन ।’ झट्ट हेर्दा, पढ्दा र सुन्दा यसमा खासै त्यस्तो केही छजस्तो लाग्दैन तर, वास्तविकता त्यस्तो छैन, होइन । अपितु यसले त्यस्तो सङ्केत गरेको छ, जसले प्रा...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...