×

NMB BANK
NIC ASIA

पार्टी र भ्रातृ संस्थाभित्र अन्योलता देखिनुमा मुख्य पदाधिकारी जिम्मेवार छन् : नैनसिंह महर

काठमाडाैं | फागुन १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका भ्रातृ तथा सुभेच्छुक संस्थाको जिवन्तताको लागि मूल नेतृत्वका रुपमारहेका पदाधकारी दोषी रहेकाले सच्चिनु आवश्यक रहेको औंल्याएका छन्।

Muktinath Bank

नेपाल विद्यार्थी संघ केन्द्रीय समतिको फागुन १५ गते बैठकका लागि काठमाडौंमा बोलाइएका केन्द्रीय सदस्यहरूको आजसम्म पनि बैठक बस्न नसकेपछि शनिवार बिहान महरको ससिचवालय बानेश्वरमा गुनासो गर्न पुगेका संघका केन्द्रीय नेताहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँच जना पार्टी पदाधिकारीको स्वार्थका कारण थुप्रै समस्या सिर्जना भइरहेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

'पार्टी शीर्ष नेतृत्वको जिम्मालिएकाहरूको फाइदाका लागि युवा विद्यार्थीहरूलाई गुट र उपगुटमा विभक्त गरेर झगडा पार्ने काम भएको र अहिलेसम्म नेविसंघको बैठक बस्न सकेको छैन । भर्खर सम्पन्न महासमितिले उत्साहप्रद निर्णय गर्न नसकेन, भ्रातृ संस्था क्रियाशील हुन सकेका छैनन्। पार्टीका विभाग गठन हुन सकेका छैनन्। पार्टीको विधान कार्यान्वयन हुन सकेको छैन', उनले भने ।

Vianet communication
Laxmi Bank

व्यक्तिगत लेनदेनका लागि पदाधिकारीहरूले जस्तो सुकै सम्झौता गर्ने र आम कार्यकर्ता, आम जनता, पार्टीको जिवन्तता र पार्टीलाई जनतासँग जोड्ने सवालमा क्रियाशील नदेखिनु चिन्ताको विषय भएको उनले बताए।

'महासमिति बैठको प्रस्ताव लेखनका लागि संयोजक तोकियो। प्रस्ताव लेखनका लागि समिति निर्माण गर्ने भन्ने थियो। समिति निर्माण नगरेरै र केन्द्रीय समितिका साथीहरू तथा आम कार्यकर्तासँग समन्वय नगरेरै एकै पटक प्रस्ताव केन्द्रीय समितिमा लगियो। त्यसरी आएको प्रस्ताव परिमार्जनसहित पास गरियो भनियो। महासमितिको हलमा जाँदा प्रस्ताव व्यक्तिगत तवरले प्रस्तुत गरियो। यद्यपी त्यो केन्द्रीय समितिको थियो', महरले भने।

महासमिति बैठक लगत्तै नेविसंघले केन्द्रीय समिति बैठक आह्वान गरेकोमा सबैको सहयोग हुनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै असन्तुष्टि जनाए। उनले १५ फागुनका लागि तय भएको बैठक विभिन्न गुट र उपगुटका कारण प्रभावित भइरहेको टिप्पणी गरे।

कांग्रेसका मूल पदाधिकारीहरू र मुख्य प्रतिस्पर्धी नेता शेखर कोइरालालगायतले प्रशिक्षणात्मक मन्तव्य दिएर बैठक अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा त्यो तदारुकता कसैमा नदेखिएको बताए।

'बैठकलाई अगाडि बढाएर शीर्ष नेताहरूले नेविसंघको गति, नेविसंघले खेल्नुपर्ने भूमिका, यसका कामको महत्त्वलगायत विषयमा संवाद गरिनुपर्थ्यो। त्यो हुन सकेन। देशभरबाट आएका केन्द्रीय सदस्यहरू चार दिनदेखि काठमाडौंमा अलपत्र हुनुहुन्छ', उनले भने।

यस्तो हुँदा पार्टीमा युवाले भविश्य नदेख्ने र युवा आकर्षण कम हुनेतर्फ नेतृत्व चिन्तित हुनुपर्ने महरको धारणा छ।

व्यक्ति बलियो बन्न, गठबन्धन बलियो बनाउन, पद प्राप्त गर्न र गुट बलियो बनाउन नेताहरु चनाखो देखिए पनि आम जनता र कांग्रेसको भविश्यका बारेमा चिन्तित नदेखिनु चिन्ताको विषय भएको महरले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x