×

NMB BANK
NIC ASIA

राजनीतिमा नयाँ ट्वीस्ट

BREAKING : वर्तमान सत्ता गठबन्धन विघटनतर्फ, लिखित सम्झौताको तयारी

काठमाडाैं | फागुन २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कांग्रेस नेतृत्वको वर्तमान  सत्ता गठबन्धन विघटनको सम्भावना प्रबल बन्दै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नयाँ गठबन्धन बनाउने सहमति जुटेको छ । 

Muktinath Bank

जसअनुसार नेकपा माओवादी केन्द्र, एमाले र रास्वपा लगायतका दलबिच नयाँ गठबन्धन बनाउने गरी लिखित सम्झौताको तयारी भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दललाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्याय सम्बन्धी कानुनमा सहमति कायम गरिसकेका छन् ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग दुई पटक भेटवार्ता गरेका छन् । बालुवाटारमा बिहान एक्लै भेटवार्ता गरेका ओलीले साँझ महासचिव शंकर पाखरेलसहित प्रचण्डसँग छलफल गरेका छन्। 


Advertisment
Nabil box
Kumari

ओली प्रचण्ड छलफल लगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन र रास्वपा सभापति रवि लामिछानेबिच छलफल भएको छ । सो छलफलमा सत्ता समीकरण फेरबदलको कुरा भएको बताइएको छ । ​
यसैबीच आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग छलफल गरेका छन् । देउवाले मन्त्रीबाट फिर्ता आउनु पर्ने र पार्टीले नै सरकार छाड्ने सम्मको परिस्थिती आउनेतर्फ मन्त्रीलाई ब्रिफिङ गरेका छन् । 

Vianet communication
Laxmi Bank

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीलाई लिएर सत्ता गठबन्धनमा दरार उत्पन्न भएको हो । महासमिति बैठकबाट माओवादीसँग चुनावी तालमेल नगर्ने तथा माओवादी जनयुद्धलाई अपमान गर्ने खालको दस्ताबेज पारित गरेको भन्दै प्रचण्ड कांग्रेससँग असन्तुष्ट बनेका थिए । 

बिहीबार चितवनमा पुगेर प्रचण्डले शान्ति प्रक्रियामा खेलेको भूमिकाका कारण कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बाचा विगतमा गरेको भए पनि परिस्थिति फेरिएको बताएका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x