×

NMB BANK
NIC ASIA

...अनि देउवा निवासबाट झण्डा छोपेर फर्किए कांग्रेसका मन्त्री

काठमाडाैं | फागुन २१, २०८०

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

आफ्नो अपेक्षाको ठीक उल्टो रातारात सरकारको समीकरण फेरिएपछि नेपाली कांग्रेसका मन्त्रीहरू गाडीको झण्डा छोपेर सभापति शेरबहादुर देउवाको निवासबाट फर्किएका छन् ।

Muktinath Bank

आफू सबैभन्दा बढी हिस्सासहित सरकारमा सहभागी भए पनि रातारात प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपाको समीकरणको अर्को गठबन्धन बनाएपछि देउवाले पदाधिकारी र पूर्व पदाधिकारीलाई छलफलका लागि सोमवार बिहान आफ्नो निवास बूढानीलकण्ठ बोलाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निवासमा देउवाले ‘प्रधानमन्त्रीले सत्ता गठबन्धन तोड्नुभयो’ भन्ने ब्रिफिङ गरेका थिए । त्यसपछि प्रधानमन्त्रीले गठबन्धन तोडेको भन्दै मन्त्रीले राजीनामा नदिने भन्दै प्रधानमन्त्रीले नै हटाउने पर्खाइमा बस्ने निर्णय कांग्रेसले गरेको छ । देउवा निवासबाट यस्तो निर्णय गरेर फर्किँदा कांग्रेसका मन्त्रीत्रय उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानून मन्त्री धनराज गुरुङ पदाधिकारीको हैसियतमा देउवासँग छलफल गर्न पुगेका थिए । तीनमध्ये गुरुङ मन्त्रीको गाडीको झण्डा छोपेर देउवा निवासबाट फर्किएका हुन् ।


Advertisment
Nabil box
Kumari

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेपछि मन्त्रीले राजीनामा दिइरहनु नपर्ने जानकारी दिए । 

Vianet communication
Laxmi Bank

‘बैठकमा सभापतिले प्रधानमन्त्रीबाटै गठबन्धन तोडिएको बताउनुभयो । अब नेपाली कांग्रेस प्रतिपक्षमा नै रमाउँछ’ बैठकपछि लेखकले भने, ‘प्रधानमन्त्रीले गठबन्धन तोडेकोले अब कांग्रेसका मन्त्रीले राजीनामा दिइरहनुपरेन ।’

अर्थमन्त्री डा. महतले पनि नयाँ समीकरण बनेपछि अब राजीनामा दिइरहनु जरुरी नभएको बताए । 

तर अर्को समीकरण बन्ने पक्का भएपछि देउवा निवासबाट खड्का, महत निजी गाडीमा पुग्दा  र गुरुङ झण्डासहितका गाडीमा पुगेका थिए । तर फर्किँदा उनी झण्डा छोपेर निस्किएका छन् । 

कांग्रेस गत चैत १७ गते प्रचण्डको नेतृत्वको सरकारमा सहभागी भएको थियो । गत चुनावमा माओवादीसँगै मिलेर गए पनि एमालेको सहयोगमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।

देउवाले प्रधानमन्त्री नदिने अडान लिएपछि प्रचण्ड ओलीको समर्थनमा प्रधानमन्त्री बनेका थिए । तर कांग्रेसले विश्वासको मत दिँदै राष्ट्रपति आफ्नो भागमा पारेपछि एमाले सत्ताबाट बाहिरिने र कांग्रेस भित्रिने परिस्थिति बनेको थियो । 

तर फेरि एक वर्षपछि २१ फागुनमा कांग्रेस बाहिरिने र एमाले सरकारमा प्रवेश पाउने गरी नयाँ समीकरण बनेको छ । 

नयाँ समीकरण बन्ने भएपछि गएराति नै देउवाले मन्त्रीहरूलाई बोलाएर छलफल गरेका थिए । संकेत राम्रो नभएको भन्दै उनले मन्त्रीबाट फिर्ता हुने तयारी गर्न पनि देउवाले निर्देशन दिएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x