पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
काठमाडाैं | फागुन २२, २०८०
मन्त्रालय भागबन्डामा सहमति जुटाउन सत्ता गठबन्धनले बनाएको कार्यदलको बैठक मंगलवार बस्दैछ ।
सत्तासाझेदार चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र जसपाका नेता सम्मिलित कार्यदलको बैठक बालुवाटारमा बस्न लागेको हो ।
कार्यदलमा एमाले महासचिव शंकर पोखरेल, माओवादी उपमहासचिव वर्षमान पुन, रास्वपाका स्वर्णिम वाग्ले र जसपाका राजेन्द्र श्रेष्ठ छन् ।
कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन पेश गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने नेताहरूले बताएका छन् । मन्त्रालयको विशेषताको आधारमा वर्गीकरण गर्ने चार दलबीच सहमति भएको थियो ।
गृहमन्त्रालय कसले लिने भन्नेमा सहमति जुट्न सकेको छैन । माओवादी र रास्वपाले गृह मन्त्रालयमा दावी गरिरहेका छन् ।
गृह आफैले राखेर अर्थ मन्त्रालय एमालेलाई दिने प्रधानमन्त्रीको चाहना रहेको माओवादी स्रोतको भनाइ छ । भौतिक पूर्वाधार लगायत अन्य रोजेको मन्त्रालय लिन माओवादी र एमालेले रास्वपासँग आग्रह गरेका छन् ।
२०७९ पुस ११ गते रास्वपा सभापति रवि लामिछाने गृह र उपप्रधानमन्त्री सहित सरकारमा सहभागी भएका थिए ।
नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएपछि उनको पद गएको थियो । रविले गृह मन्त्रालय लिएर आफै सरकारमा जान लागेका छन् ।
कांग्रेससँगको गठबन्धन तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा लगायतसँग सोमवार नयाँ गठबन्धन बनाएका थिए ।
सोमवार तीन जना विनाविभागीय मन्त्रीले शपथ लिएका थिए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
तुर्केमिनिस्तानका राष्ट्रपति सपरमुरत नियाजोवको अनौठो बानी थियो । उनी चाहन्थे– संसारले उनलाई जानोस् । उनले एक पुस्तक लेखेका थिए– ‘रुन्ह’, जो प्रत्येक विद्यार्थीलाई पढ्न अनिवार्य थियो । उनल...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...