×

NMB BANK
NIC ASIA

आगामी जेठ महिनासम्म दुई वाइडबडी विमान आइपुग्छः सुगतरत्न कंशाकार [अन्तर्वार्ता]

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम धरासायी बन्दै गइरहेको छ । नयाँ विमान खरिद र रणनीतिक साझेदार ल्याउने चर्चा चले पनि समयमा काम नहुँदा निगम बर्षेनी घाटामा सञ्चालन छ । निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंशाकारसँग लोकान्तरका लागि मनीषा अवस्थीले नयाँ विमान खरिद प्रक्रिया लगायत निगमका भावी योजनाको विषयमा कुराकानी गरेकी थिइन् ।

नेपाल वायुसेवा निगमले अहिले के गरिरहेको छ ?

नेपाल एयरलाइन्सको व्यवस्थापन अहिले परिवर्तन भएको छ । आन्तरिक र बाह्य उडानतर्फ अलिकति विस्तार गर्ने गरी हामी लागेका छौं । आन्तरिक उडानतर्फ चिनियाँ विमान विस्तार गर्ने योजनाअनुसार अगाडि बढिरहेका छौं । त्यसका लागि दुईवटा चिनियाँ जहाज अब केही महिनाभित्र नेपाल आउँदैछ । वायुसेवा निगमले २८ वर्षसम्म एउटा पनि विमान ल्याउन सकेको थिएन । निकै ठूलो संघर्षपश्चात अहिले हामी नयाँ वाइडबडी एयर भित्र्याउन लागेका हौं ।

नयाँ आउने विमानको एक वर्षसम्म चलाउन पाइलट र इन्जिनियरको व्यवस्थासमेत हामीले गरिसकेका छौं । अहिले हामी घाटामा रहेको वायु सेवा निगमको व्यापार बढाउनमै केन्द्रित छौं । यही योजनामा हामी निरन्तर जुटिरहेका छौं ।

एयरबस खरिद प्रक्रिया कहाँ पुग्यो ?

प्रक्रिया अगाडि बढिरहेको छ । आठ अर्ब पहिलो किस्ता बुझाएको दुई महिना भइसक्यो । जम्मा २४ अर्बमा खरिद सम्झौता भएको हो । दुईटै वाइडबडी फ्रान्समा निर्माणको प्रक्रियामा छ । हाम्रो अनुमान अनुसार आगामी २०१८ अप्रिल–मेसम्म दुईटै आउँछ ।

नयाँ एयरबस ल्याएपछि नयाँ गन्तव्य कहाँ थपिनेछन् ?

गन्तव्य तय भइसकेको छ । तत्काल जापान, कोरिया र साउदी अरेबियामा हाम्रो गन्तव्य थपिनेछ । अहिले भएको गन्तव्यमा पनि उडान संख्या बढाउने योजना छ । नेपाल एयरलाइन्सले अहिले पनि मलेसियाको क्वालालम्पुरमा उडान गरिरहेको छ । नयाँ विमान आएपछि थप्न खोजेको असाध्यै महत्वपूर्ण गन्तव्य साउदी अरबिया हो । दमाम वा रियाद, जहाँ झण्डै ५ लाख नेपाली छन् । त्यहाँबाट सिधा उडान भयो भने नेपालीहरूलाई ठूलो सुविधा हुन्छ । त्यसैले नयाँ विमान आएपछि साउदीमा उडान थाल्छौं ।

खाडी मुलुकहरूमा त बजेट एयरलाइन्सहरू पनि छन् । उनीहरूसँग प्रतिस्पर्धा गर्न कत्तिको सजिलो छ ?

बजेट एयरलाइन्सका कारण धेरैतिर फरक परेको छ । तर, बजेट एयरलाइन्सका कारण ठूलो असर भने पर्दैन । नेपाल एयरलाइन्स दुबई, दोहा, क्वालालम्पुरमा पनि राम्रै चलिरहेको उदाहरण छ । आम मानिसको आफ्नै किसिमको रुचि हुन्छ । अलिकति मंहगोसँग डराउँदैनन् । बरु सुविधा हुनुपर्छ भन्नेहरू पनि प्रशस्त छन् ।

सुरक्षाको दृष्टिकोणले नेपाली हवाई आकाश करिब ४ वर्ष कालो सूचिमा रह्यो, त्यसको असर नियमले पनि व्यहोर्नु पर्‍यो ?

हवाई सुरक्षा पैसासँग तुलना हुँदैन । हवाई सुरक्षाबारे मूल्याङ्कन गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरूलाई पैसा कति कमाएको छ भन्ने कुरासँग मतलब नै हुँदैन । उसका लागि सबैभन्दा ठूलो कुरा यात्रुको सुरक्षा हो । त्यही हेरेर हामी असुरक्षाको सूचीमा परेका थियौं । अहिले हामी त्यसबाट उम्के पनि ढुक्क हुने अवस्था भने छैन । त्यसका लागि नेपाल वायुसेवा निगमले दुईजना विशेषज्ञहरू ल्याएर काम गर्ने नीति लिइसकेका छौं । हवाई सुरक्षालाई नै पहिलो प्राथमिकता दिनेछौं ।

वायुसेवा निगमले लामो समयदेखि रणनीतिक साझेदार भित्र्याउने विषयमा बहस गरिरहेको छ, प्रक्रिया कहाँ पुग्यो ?

रणनीतिक साझेदार भित्र्याउने कुरा कुनै एकजना व्यक्तिले भनेर हुने कुरा होइन । वायुसेवा निगमको एमडीले मात्रै भनेर हुने कुरा पनि होइन, कुनै मन्त्रीले मात्रै भनेर पनि हुँदैन । यसका लागि सबै पक्षकोे सहमतिमा सरकारकै निर्णय हुनुपर्छ । त्यो ६ वर्षअघिको निर्णय बोर्डबाट पास भएर अर्थ मन्त्रालयसम्म पुगेको थियो । अर्थ मन्त्रालयतिरै छ । त्यसमा मैले अहिले केही भन्न मिल्दैन ।

साझेदार ५१ प्रतिशत नै शेयर दिएर ल्याउनुपर्छ भन्नुभएको थियो, यसले वायुसेवा निगमको पहिचानमा असर गर्दैन ?

पहिलो कुरा त यो विषय मैले मात्रै बोलेर केही हुँदैन । अर्थ मन्त्रालयतिर रहेको फाइलबारे के निर्णय हुन्छ, समयले भन्ला । तर मेरो विचारमा ५१ प्रतिशतभन्दा कममा कोही आउनेवाला पनि छैन ।

जहाँसम्म हाम्रो अस्तित्वको कुरा छ । त्यसमा ध्यान दिनैपर्छ । यो अत्यन्तै संवेदनशील निर्णय पनि हो । धेरै कुरा विचार गरेर मात्र निर्णय गर्नुपर्छ ।

निगमका आगामी योजना के छन् ?

यो दुईवटा एयरबस आउने बित्तिकै हाम्रो टिम अर्को दुईवटा न्यारोबडी किन्ने प्रक्रियामा जुट्छ । यो तीन वर्षे योजना हो । न्यारोबडीका विमान आएपछि तिब्बत ल्हासामा उडान गरिनेछ । त्यसपछि हरेक वर्ष एउटा विमान थप्दै जानुपर्छ ।

नेपाल एयरलाइन्सले गन्तव्य थप्दै गएपछि हवाई भाडा सस्तो हुँदै जान्छ । अहिले एसियाको सबभन्दा महङ्गो हवाई भाडा भएको शहर काठमाडौं हो । अमेरिका, जापान, अष्टे«लिया लगायतका देशबाट नेपाल आउन महङ्गो, भारत, थाइल्याण्ड, इण्डोनेसिया लगायतका देशमा जान सस्तो भएकाले पर्यटकहरूको सङ्ख्या बढाउनै नसकिएको यथार्थ हो ।

नेपाल वायुसेवा निगम र नेपालको सिंगो पर्यटन उद्योगबीच अन्योन्याश्रित सम्बन्ध छ । हामीसँग जहाजको संख्या बढ्यो, गन्तव्य बढे भने पर्यटन उद्योग फस्टाउँछ ।

वायुसेवा निगमको स्तरोन्नति हुनु भनेकै पर्यटन उद्योग पनि फस्टाउनु हो । समग्रमा आर्थिक विकासको एक महत्वपूर्ण हिस्सा मानिएको पर्यटन क्षेत्र फस्टाउनु नै समग्र नेपालको आर्थिक विकासमा टेवा पुग्नु हो । त्यसैले अहिले हामी नेपाल सरकारसँग गुहार मागिरहेका छौं । अहिले सरकार ग्यारेन्टी बसेकै कारण हामीले जहान किन्न सम्भव पनि भएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x