×

NIC ASIA

कैलाश सिरोहिया पक्राउ प्रकरण

गृहमन्त्री लामिछानेले प्रतिशोध साँधेको भन्दै विपक्षी दलको चर्को विरोध, सत्तापक्षको मौनता

काठमाडाैं | जेठ ८, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

 जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएलगत्तै कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले गिरफ्तार गरेको छ । 

नागरिकतासम्बन्धी विवादमा फसेका उनलाई थापाथलीस्थित कान्तिपुर दैनिकको केन्द्रीय कार्यालयबाट प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको दबाबमा प्रहरीले सिरोहियालाई पक्राउ गरेको आरोप लागेको छ । सहकारी ठगीबारे कान्तिपुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई जोडेर निरन्तर समाचार प्रकाशित गर्दै आएको छ भने लामिछानेले सार्वजनिक रुपमै कान्तिपुरको आलोचना गर्दै आएका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

लामिछानेले आफूविरुद्ध समाचार प्रकाशित गरेको प्रतिशोधकै आधारमा पक्राउ गराएको एक पक्षले आरोप लगाउँदा कतिपयले सिरोहियाकै कार्यशैलीको पनि आलोचना गर्दै आएका छन् । यो विवादमा प्रतिपक्ष दलका नेताहरू सिरोहिया पक्राउको विरोधमा उत्रिएका छन् । 

Vianet communication

प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिरोहियालाई प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरेर सरकारले अलोकतान्त्रिक कदम चालेको आरोप लगाएका छन् । 

मङ्गलवार राति सामाजिक सञ्जाल एक्समा लेख्दै देउवाले मिडियालाई तर्साउने उद्देश्य सहितको गठबन्धन सरकारले यस्तो  निर्णय गरेको दाबी गर्दै विरोध गरेका छन् ।  

‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो। मिडियालाई तर्साउने उद्देश्य सहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ’, देउवाको भनाइ छ ।

यस्तै प्रतिपक्षी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कान्तिपुर पब्लिकेसनका अध्यक्ष सिरोहियाको गिरफ्तारीमा सत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन् । 

सहकारी ठगी सम्बन्धमा कान्तिपुरले प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई गृहमन्त्री रवि लामिछानेले असत्य साबित गरेर देखाउनुपर्नेमा यस प्रकारको गिरफ्तारीले सत्ताको चरम दुरुपयोग भएको लिङ्देनको धारणा छ । 

null

‘सरकारबाट जुन समय र तरिकाबाट सिरोहियालाई गिरफ्तारी गरियो सर्वथा अनुपयुक्त छ’, लिङ्देनले मंगलबार फेसबुकमा लेखेका छन्, ‘ कान्तिपुरले लगातार रूपमा सहकारी ठगी सम्बन्धमा प्रकाशित गर्दै आएका प्रमाण र तथ्यहरूलाई असत्य साबित गरेर देखाउनुपर्नेमा यस प्रकारको गिरफ्तारी सत्ताको चरम दुरुपयोग हो।’

यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिरोहियालाई कानुन विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि बदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहानामात्रै भएको टिप्पणी गरेका छन् । 

मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै गृहमन्त्री रवि लामिछानेले आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न दुष्प्रयास भएको बताएका छन् ।

यस्तै अर्का ममहामन्त्री विश्वप्रकाश शर्माले मुद्दा चलाउनु नपर्ने भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल पनि खोल्न आग्रह गरेका छन् । उनले सहकारी ठगी समाचारको प्रतिशोधमा सिरोहियामाथि पूर्वाग्रह होइन भनेर पुष्टि गर्न समेत लामिछानेलाई चुनौती दिएका छन् । 

तर, सिरोहियामाथि पनि छानबिन भने हुनुपर्ने उनको धारणा छ । ‘सिरोहियालाई कृपापूर्वक रिहा नगर । मज्जाले छानबिन गर, दोषी ठहरे जेल पठाउ । सबैमाथिको सबै आरोप उपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर’, शर्माले एक्समा लेखेका छन् ।

बाबुराम पनि विरोधमा

नेकपा यसैगरी नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि राज्यले सिरोहियालाई गिरफ्तार गरेर तत्कालीन राजा ज्ञानेन्द्रपथ अनुसरण गरेको टिप्पणी गरेका छन् । 

उनले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै अध्यक्ष सिरोहियाको गिरफ्तार गर्नु राम्रो नदेखिएको भन्दै आपत्ति जनाएका हुन् । यस्तै कांग्रेस नेता शेखर कोइरालासहितका विभिन्न दलका नेताले पनि सिरोहिया पक्राउको विरोध गरेका छन् । 

यसैगरी प्राध्यापक गृह खनालले सिरोहिया पक्राउको सन्दर्भलाई शाहीकालसँग तुलना गरेका छन् । ‘देशले राजतन्त्रभन्दा पनि खराब प्रधानमन्त्रीसहितको गृहमन्त्री पाएको छ’, उनले एक्समा लेखका छन्, ‘हामीले लोकतन्त्र र शान्तिको लागि यस प्रकारको राजनीतिक संस्कृतिको लागि लडेका थिएनौँ ।’

सत्ता पक्षको मौनता 

प्रतिपक्षी दलले सिरोहियाको पक्राउको आलोचना गर्दा सत्ताको नेतृत्वको गरेको दल नेकपा माओवादी केन्द्र र प्रमुख सत्ता साझेदार दल नेकपा एमाले मौन देखिएका छन् । 

तर, सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले भने सिरोहियाको पक्राउले प्रेस र राज्यबीच द्वन्द्व सिर्जना गरेको जनाएको छ । अध्यक्ष सिरोहियाको पक्राउलगत्तै एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गरी निडर पत्रकारिताविरुद्ध गरिएको षड्यन्त्र नभएको पुष्टि गर्न सरकारलाई आग्रह गरेका हुन् । 

प्रतिशोध साँधियोः सिरोहिया

यसैबीच सिरोहियाले सहकारी ठगी प्रकरणविरुद्ध समाचार लेख्दा प्रतिशोधपूर्ण तरिकाले आफूलाई प्रहरीले पक्राउ गरिएको प्रतिक्रिया दिएका छन् । उनले सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुनेमा आफू विश्वस्त रहेको पक्राउ परेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिए । ‘यो देशमा कानुन छ भने दुई वटा पासपोर्ट बोक्ने, सहकारी ठगीमा प्रमाणित भएको समाचार छ । मलाई गिरफ्तार गरिएको नागरिकताकाण्डमा होइन । सहकारीको ठगी काण्डको विरुद्ध समाचार लेखेकोमा हो,’ सिरोहियाले भने, ‘भोलि सहकारी ठगी गर्नेको नाममा पनि वारेन्ट जारी हुन्छ भन्नेमा म विश्वस्त छु ।’

null

उनले सरकार र गृहमन्त्री  लामिछानेले नवअधिनायकवादी शैली देखाएको समेत बताए । 

सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थियो ।  पक्राउ अघि पनि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए । 

‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफैँ पनि जेल गएको हुँ । निरङ्कुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो,’ विज्ञप्तिमा सिरोहियाले भनेका छन्, ‘तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ ।’

सिरोहियाले आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको प्रस्ट पारेका छन् । तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार नरहेको उनको भनाइ छ ।

के हो आरोप ?

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेकोमा मंगलबार अदालतले पुर्जी जारी गरेको थियो । त्यसो त उनले मंगलबार नै त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका छन् । तर, रिट दर्ता हुने प्रक्रियामै रहेको बेला उनी पक्राउ परिसकेका हुन् । 

संसदमै विरोध

सिरोहियाविरुद्ध वारेन्ट जारी भएको विषयमा कांग्रेसले मंगलबारको संसदमै पनि कुरा उठाएको थियो भने त्यसपछि कांग्रेसका नेताहरू सिरोहियालाई भेट्न कान्तिपुरमै पुगेका थिए । 

null

दिनभर सिरोहियाले कार्यालयबाटै कानुनी र आवश्यक परामर्श गरेका थिए । साँझ भने प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।  उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ । 

पत्रकार महासंघले के भन्यो ?

नेपाल पत्रकार महासंघले सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपका सन्दर्भमा न्यायिक छानबिनमा सघाउने प्रतिबद्धता जनाएका सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि भएको जनाएका छन् । 

null

‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोपका सन्दर्भमा निरन्तर समाचार फलोअप गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्ने गरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यक्तिहरूले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनले कानुनअनुसार हुने अनुसन्धानमा जहिल्यै साथमा रहे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्विकार्ने उल्लेख गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x